२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा पनि निषेधाज्ञा लागू

२०७८, २८ बैशाख मंगलवार ०७:२०

वैशाख, २८ रसुवा (रासस)। कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी  गर्दै  गए रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले  कोरोना सङ्क्रमण नियन्त्रणमासबैक्षेत्रको सहयोग मिल्ने अपेक्षा गरिएको बताउनुभयो । पहिलो चरणअन्तर्गत एक साताका लागि निषेधाज्ञा जारी गरिएको र अत्यावश्यक खाद्यान्न बिक्री वितरणका लागि बिहान ६ देखि ९ बजे समय निर्धारण गरिएको छ । औषधि पसल भने चैबिसै घण्टा खुला रहने व्यवस्था मिलाइएको छ ।

यही वैशाख ५ गतेदेखि तीन जनामा पुष्टि भएको कोरोना हाल रसुवाका पाँचवटै क्षेत्रमा फैलिएका कारण संङ्क्रमितको सङ्ख्या १७६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना रोग सङ्क्रमण रोकथामका लागि रसुवाका पाँचवटै स्थानीय तहहरूले जनजागरण कार्यलाई तीव्रता दिइरहेको र स्वास्थ्यकर्मी, सुरक्षा अङ्ग समेतका निकायसमेत परिचालन भइरहेकाले कुनै गाउँमा केही समस्या आएमा स्थानीय प्रहरी प्रशासन स्वास्थ्यकर्मीलाई खबर गरिदिन समुदायमाझ आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने