९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पूर्वाञ्चलस्तरीय भलिवल प्रतियोगिताः कालीबहादुर गण चारआली र लक्ष्मीमार्ग विजयी

४ फाल्गुन २०७२, मंगलवार १३:३१

फागुन ४, झापा । झापाको धाइजनमा जारी पूर्वाञ्चलस्तरीय भलिवल
प्रतियोगिता अन्तरगत मंगलबारको दुई खेलमा कालीबहादुर गण चारआली र लक्ष्मीमार्ग विजयी भएका छन् ।
कालीबहादुर गण सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कालीबहादुर गण चारआली र पथरी क्लबबीचको भलिवल
प्रतियोगितामा सोझो सेटमा अर्थात वेष्ट अफ थ्रीमा २५.१२, २५.२० र २५.२३ अंक ल्याएर कालीबहादुर गण विजयी
भएको हो । उक्त खेलमा कालीबहादुर गणका जर्सी नम्बर ३ का सुरेश खड्का म्यान आफ दि म्याच घोषित भए ।
त्यसैगरी सोही दिनजारी दोश्रो शिलिगुढी भारत र लक्ष्मीमार्ग भलिवल क्लबबीच भएको अत्यन्तै रोमाञ्चकत
प्रतिश्पर्धात्मक भलिवल प्रतियोगिताबाट लक्ष्मीमार्ग विजयी भएको छ ।

लक्ष्मीमार्गका जर्सी नम्बर
४ का सटर प्रदिप श्रेष्ठले प्रहार गरेको बल शिलिगुढीका जर्सी नम्बर ५ का राजन प्रधानले धेरै बल मिस
गरेका थिए । खेलको पहिलो चरणको खेल शिलिगढीले २६.२३ अंक ल्याएको थियो । दोश्रो चरणको खेलमा लक्ष्मीमार्ग
२८.२५ अंकले लिड गरेपछि खेल वेष्ट अफ फाइभमा प्रवेश गरेको थियो । त्यसपछिको दुई खेलमा २५.२३ र २५.२१ अंक
ल्याएर लक्ष्मीमार्ग विजयी भएको निर्णायक शैलेन्द्र श्रेष्टले जानकारी दिए ।

दोश्रो खेलमा
शिलिगुढीका जर्सी नम्बर ७ का आकाश राउत म्यान अफ दि म्याच घोषित भए । बुधबारको पहिलो खेल शिखर सुज इटहरी
र लक्ष्मीमार्ग भलिवल क्लब त्यस्तै दोश्रो खेल धरान भलिवल क्लब र पूर्वाञ्चल भलिवल क्बलबीच प्रतियोगिता
हुने आर्थिक समितिका सहसंयोजक पर्शुराम चेम्जुडले जानकारी दिए । धाइजनको ग्रीनवीस फिटनेश जीम सेन्टरको
आयोजना रहेको उक्त भलवल प्रतियोगितामा पूर्वाञ्चलका १० वटा भलिवल टीमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताबाट प्रथम हुने टीमलाई ५१ हजार नगद र टफि तथा दोश्रो ३१ हजार र टफिद्धारा पुरस्कृत गरिने
आयोजकको भनाई छ ।

खेल अवधिभर घोषित भएका खेलाडीमध्ये १ जनालाई मेन अफदिसिरिजद्धारा पुरस्कृत
गरिने आयोजक समितिकाप्रचार विभागका खेम भट्टराईले जानकारी दिए । त्यसैगरी वेष्ट रेजर र वेष्ट सटरलाई
समेत नगद तथा जिन्सी सामाग्रीद्धारा पुरस्कृत गरिने तथाप्रत्येक दिन म्यानअफदिम्याच घोषित खेलाडीलाई
स्वर्गीय पवित्रा नम्वाडको स्मृतिमा उनको श्रीमान् नसिड नेम्वाड र छोराहरुले पुरस्कारको प्रायोजन गरेको
सल्लाहाकार एवं कराते प्रशिक्षक वद्री विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो