२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

लुम्बिनी प्रदेशमा १४ सङ्क्रमितको मृत्यु

२०७८, ३१ बैशाख शुक्रबार ०५:५८

वैशाख ३१, बुटवल (रासस)। लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् ।

कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कुमाख गाउँपालिका–१ निवासी ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका–६ निवासी ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँके निवासी ३५ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँके निवासी ७५ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी ६१ वर्षीया महिलाको मृत्यु भएको हो । 

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका–२ निवासी २८ वर्षीय पुरुष र कैलाली लम्कीचुहा नगरपालिका निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने खजुरा गाउँपालिका–१ बाँके निवासी ६४ वर्षीया महिलाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताउनुभयो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२२ पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १६७ को मृत्यु भएको छ ।

दाङमा एकै दिन छ सङ्क्रमितको मृत्यु 

तुलसीपुर : दाङमा थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच र घोराहीका एकजना रहेका छन् । सोमध्ये पाँचको संस्थागत आइसोलेशन र एक होम आइसोलेशनमा बसेका सङ्क्रमितको मृत्यु भएको छ ।

सो उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो सिटी अस्पतालमा उपचाररत तुलसीपुर–७ का ६२ वर्षीय पुरुष र १२ का ६७ वर्षीय पुरुष मृत्यु भएको हो । यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत तुलसीपुर–८ का ३० वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुरका दुई सङ्क्रमितको मृत्यु भएको छ ।  यही वैशाख २४ गतेदेखि अस्पतालमा उपचार गराइरहेका तुलसीपुर–१९ का ४९ वर्षीया महिलाको आज बिहान १:०० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोण वलीले जानकारी दिनुभयो । 

ओलीका अनुसार तुलसीपुर–९ निवासी २४ वर्षीया महिलाको बिहीबार साँझ पौने ७:०० बजेतिर मृत्यु भएको छ । यस्तै होम आइसोलेशनमा बसेका घोराही–९ का ३३ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै वैशाख महिनामा मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९७ पुगेको केन्द्रले जनाएको छ ।

नवलपरासीमा पन्ध्र दिन निषेधाज्ञा थपियो

परासी :  दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण र मृत्युदरसमेत बढ्दै गएपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा थप १५ दिन निषेधाज्ञा थपिएको छ । 

तीव्र रुपमा फैलिरहेको सङ्क्रमण थप फैलिन नदिन तथा यसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन भन्दै आज राति १२:०० बजेदेखि लागू हुने गरी आगामी जेठ १५ गतेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले यसअघिको भन्दा कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । यसअघि यही वैशाख २१ गते राति १२:०० देखि आज राति १२:०० बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते