गौरव पोखरेल/फागुन ५, झापा । दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा २३
वर्षपछि उपाधि उचालेको नेपाली टोलीलाई झापामा बुधबार भव्य स्वागत गरिएको छ ।
भारतको गुवाहटी भएको १२ औँ सागमा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल टीम बागडोरासम्म
जहाजमा आएको थियो । पूर्व नाका काँकरभिट्टा हुँदै भद्रपुर विमानस्थलसम्म बसमा टोली जाँदैछ । भद्रपुर
विमानस्थलबाट उनीहरु काठमाण्डौंको लागि उड्नेछन् ।
उनीहरुलाई
काँकरभिट्टामा जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा नागरिक अभिनन्दनसहित स्वागत गरेको छ । अहिले
खेलाडीहरुको स्वागतका लागि चोकचोकमा सयौं सर्वसाधारणको घुइँचो लागेको छ । तस्वीर: गौरव
पोखरेल/झापा