गौरव
पोखरेल/फागुन ५, झापा । दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा २३ वर्षपछि उपाधि उचालेको नेपाली
टोलीलाई झापामा बुधबार भव्य स्वागत गरिएको छ ।
भारतको गुवाहटी
भएको १२ औँ सागमा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल टीम बागडोरासम्म जहाजमा आएको थियो । पूर्व नाका
काँकरभिट्टा हुँदै भद्रपुर विमानस्थलसम्म बसमा टोली जाँदैछ । भद्रपुर विमानस्थलबाट उनीहरु काठमाण्डौंको
लागि उड्नेछन् ।
उनीहरुलाई काँकरभिट्टामा जिल्ला खेलकुद विकास
समिति झापाको आयोजनामा नागरिक अभिनन्दनसहित स्वागत गरेको छ । अहिले खेलाडीहरुको स्वागतका लागि चोकचोकमा
सयौं सर्वसाधारणको घुइँचो लागेको छ ।तस्वीर: गौरव पोखरेल/झापा