२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा तीन दिनदेखि बालक बेपत्ता

६ जेष्ठ २०७८, बिहीबार ०७:१८

जेठ ६, जलेश्वर (रासस)। महोत्तरीको सोनमा गाउँपालिका–४ खेस्राहा गाउँका एक बालक विगत तीन दिनदेखि बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार स्थानीय शत्रुधन महतोका छोरा छ वर्षीय युवराज महतो मङ्गलबार बिहानदेखि बेपत्ता भएका हुन् ।

मङ्गलबार बिहान आफ्नै घर अगाडि खेलिरहेका बालकलाई आफूले प्रष्टसँग हेर्न नसकेको व्यक्तिले हातको औँला समाउँदै डुलाउन भनी गाउँतिर लगेको घर नजिकै गोठमा काम गरिरहेकी निजकी हजुरआमा चम्पादेवीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनकी हजुरआमाले गाउँ टोलकै कोही होला भन्दै चासो लिइकी थिइनन् ।

बिहान ११:०० बजे नै बेपत्ता भएका बालक दिउँसो अबेरसम्म घर नफर्केपछि घरपरिवारमा चिन्ता बढ्यो र उनकी आमा सङ्गीतादेवीले रुन कराउन थालेपछि घरपरिवारसहित टोल छिमेक सबैले बालक युवराजको खोजतलास गर्न थाले । दिनभरि बालकलाई गाउँभरि खोजियो तर कतै कुनै पत्तो नलागेपछि खेस्राहा प्रहरी चौकीमा जानकारी गराएको उनका बुवा शत्रुधनले बताउनुभयो । 

त्यसपछि प्रहरीले पनि बालकलाई छिमेकी गाउँमा पनि खोजतलास गरे । बालक फेला परेनन् । त्यसपछि परिवारजन र गाउँलेले बालक युवराजको खोजतलासका लागि इलाका प्रहरी कार्यालय गौशालामा अनुरोध गरेपछि प्रहरी निरीक्षक बस्यालले आफैँ र अरु प्रहरीसमेत परिचालन गरी मङ्गलबार अबेर साँझदेखि नै बालकको खोजतलासमा लागिपरेका छन् ।

प्रहरीले बालक युवराजलाई गाउँटोल, छरछिमेक, छिमेकी गाउँ, आफन्त, नातेदारका साथै अहिले सीमा क्षेत्र र सीमापारि भारतीय स्रक्षाकर्मीसँग समेत समन्वय गरेर सीमापारिसम्म पनि खोजतलास गरिरहेका छन् । अहिलेसम्म कुनै सुराक फेला नपरेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान