१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

२० लाखको छात्रवृति

६ फाल्गुन २०७२, बिहीबार १०:१९

फागुन ६, बुधबारे । झापाको बुधबारेमा रहेको कर्णाली एजुकेशन
फाउन्डेसनले विहिबार आफ्नो १९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीलाई सम्मान गर्दै सांस्कृतिक कार्यक्रमका साथ उसले
१९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालय
व्यवस्थापन समिति अध्यक्ष धु्रवप्रसाद कोइरालाको सभापतित्व तथा समाजसेवी शिक्षासेवी ज्ञाननाथ पौड्यालको
प्रमुख आतिथ्यमा सम्मन्न कार्यक्रममा प्याप्सन झापाका उपाध्यक्ष संजीवकुमार प्रधान , प्याप्सन झापाका
सल्लाहकार महेन्द्र संग्रौला , बुधबारेका अग्रज समाजसेवी दिनानाथ ढकाल लगायत विभिन्न विद्यालयका
प्राचार्य तथा संघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

सो क्रममा विद्यालयले विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।
कर्णाली शैक्षिक पुरस्कारबाट यसवर्षको प्रवेशिका परिक्षामा उत्कृष्ठ भएका सो विद्यालयका छात्र खगेन्द्र
घिमिरेलाई नगद ५ हजार सहित सम्मान गरिएको छ भने प्लस टुमा झापा प्रथम हुन सफल सोहि विद्यालयकी छात्रा
पूजा सुवेदीलाई विद्यालयले नगद ५ हजार सहित सम्मान गरेको छ । त्यस्तै जयदिव्य शेक्षिक पुरस्कारबाट मिना
पौड्याल पनि नगद १५ सय सहित सम्मानित भएकी छिन् ।

त्यस्तै नीजि
विद्यालय सहभागी जिल्ला स्तरिय कविता प्रतियोगितामा तेस्रो हुने सो विद्यालयका छात्रछात्रा विपुल
भट्टराई र रचना ओली पनि सम्मानित भएका छन् । उनीहरुलाई बोस्टन एजुकेशन फाउण्डेशनका अध्यक्ष सुमन
जमरकट्टेलले नगद १० हजार प्रदान गरेका छन् ।

शिक्षक अनिल
आचार्यले संचालन गरेको कार्यक्रममा विद्यालयका छात्र विपुल भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।
शिक्षक सोमनाथ भट्टराईले स्वागत कविता प्रस्तुत गरेको कार्यक्रममा विद्यालयका पाचार्य छत्रमणि आचार्यले
वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक प्रतिवेदनमा विद्यालयले एक वर्षमा ४ लाख ८० हजार
खुद आम्दानी गरेको जानकारी गराईएको छ भने २० लाख वरावरको १ सय २० जना छात्रछात्रालाई छात्रवृति प्रदान
गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का