२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

कोरोना सङ्क्रमित र कुरुवालाई रु २० मा भरपेट खाना

२०७८, ९ जेष्ठ आईतवार ०६:०२

जेठ ९, नेपालगञ्ज (रासस)। नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित, अन्य रोगका बिरामी र कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि उनीहरुका आफन्तलाई राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक रु २० मा भरपेट खाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्यसमेत भएको छ । 

अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोईका नामबाट साँझ–बिहान दुवै छाक भरपेट खाना खुवाउन शुरु गरेको हो । शुरुआती चरणमा बिहानको छाक मात्रै रु २० मा खुवाउँदै आएकामा निषेधाज्ञाका कारण अस्पताल क्षेत्रका होटल बन्द भएपछि बिरामी तथा कुरुवाको समस्यालाई दृष्टिगत गरी साँझको पनि खाना खुवाउन शुरु गरिएको मण्डलका संरक्षक विजय गुप्ताले बताउनुभयो ।

धार्मिक एवं मानवीय भावनाले साँझ, बिहान खानाको व्यवस्था गर्दै आएको मण्डलीद्वारा सञ्चालित रसोई घरलाई सहयोग गर्ने दाताको सङ्ख्या पनि बढ्दै गएको छ । यसैबीच बाँकेको रैथाने कुर्मी समुदायको संस्था ‘कुर्मी—वर्मा सहयोगी हात’ बाँकेद्वारा रसोई घरलाई खाद्यान्न सहयोग गरिएको छ । उक्त संस्थाले चामल पाँच क्विन्टल, दाल ५० किलो, पिठो ५० किलो, आलु एक क्विन्टल, तोरीको तेल १० लिटर, नुन २० पोका, सक्खर ४० किलो र खानेपानी ५० पेटी गरी ६० हजार मूल्य बराबरको खाद्यान्न सहयोग गरेको छ । सेवाको निरन्तरताका लागि खाद्यान्न सहयोग गरिएको समाजका अगुवा तथा समाजसेवी केशवराम बर्माले बताउनुभयो ।

यसअघि रसोईलाई कशौधन वैश्य समाज, कसौधन वैश्य समाज युवा मञ्च र महिला मञ्चले खाद्यान्न सहयोग गरेका थिए । कसौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यको अगुवाइमा रसोईका सञ्चालकलाई २५ बोरी चामल, दुई बोरी अरहरको दाल, दुई बोरी सोयाबिन, दुई बोरी आयोडिन नुन र एक बोरी आलु हस्तान्तरण गरिएको छ । त्यसैगरी नेपालगञ्जको कारकाँदो निवासी कपिल नेपालले पाँच बोरी चामल र एक बोरी दाल सहयोग गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले उक्त रसोई घरलाई मासिक रु एक लाख उपलब्ध गराउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने