२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङमा कोरोना जित्ने बढ्दै

१० जेष्ठ २०७८, सोमबार ०४:४८

नवीन लामिछाने । जेठ १०, मनाङ (रासस) । हिमाली जिल्ला मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण जित्ने बढ्दै गएका छन् । केही समय शून्य सङ्क्रमित रहेको मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमणलाई मनाङमा एकै दिन २८ जनाले जितेका छन् ।  

धेरैजसो होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । हालसम्ममा जिल्लामा ८४ सङ्क्रमितमध्ये ६३ जना सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणमुक्त हुने सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । 

उहाँले २१ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहनुभएको बताउनुभयो । आचार्यका अनुसार त्यसमध्ये छ सङ्क्रमित सामुदायिक आइसोलेशनमा रहनुभएको छ भने अन्य सबै होम आइसोलेशनमा हुनुहुन्छ । मनाङका चार स्थानीय तहमध्ये सङ्क्रमितहरु दुई वटा पालिकाका हुन् । दोस्रो लहरको कोरोना सङ्क्रमणबाट चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा बढी प्रभाव पारेको उहाँले बताउनुभयो । नासो गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या शून्य छ । 

“यसपटकको कोरोना सङ्क्रमणले चामे र मनाङ ङिस्याङवासीलाई प्रभाव पा¥यो, हाल मनाङमा सङ्क्रमित थपिने क्रम न्यून हुँदै गएको छ, पहिले सङ्क्रमित ह्वात्तै बढ्दा उपचार गर्न समस्या हुने पो हो कि जस्तो एक किसिमको डर पैदा भएको थियो, अहिले निको हुने बढ्दै गएपछि खुशी लागेको छ, अब छिट्टै मनाङका सङ्क्रमित निको हुनेछन्”, आचार्यले भन्नुभयो । मनाङवासीले समयमै सचेतता अपनाएपछि सङ्क्रमण बढ्नुभन्दा न्यूनीकरणतर्फ उन्मुख भएको पाइएको स्वास्थ्य कार्यालयले मनाङले जनाएको छ । 

सामुदायिक आइसोलेशन र होम आइसोलशनमा रहेका सबै सङ्क्रमितको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उहाँले बताउनुभयो । “सङ्क्रमितको अवस्था सामान्य रहे पनि समस्या आयो भने यहाँ उपचार गर्न सक्ने अवस्था रहेको छैन, हेलिकप्टर नै मगाउनुपर्ने हुन्छ, कहिलेकाहीँ हेलिकप्टर आउन ढिलो भएमा यहाँका मानिसको ज्यानसम्म जान सक्ने हुन्छ, यहाँको समस्या कहिले समाधान हुने खै ?”, उहाँले भन्नुभयो । 

उहाँका अनुसार मनाङमा हालसम्म दरबन्दीमा रहेका चिकित्सकसमेत रिक्त रहेको छ । मनाङ विकट क्षेत्र भएर पनि होला दरबन्दीकै चिकित्सकहरू आउनै नचाहेका कारण दरबन्दी पूर्ति हुने अवस्था नै नरहने उहाँ बताउनुहुन्छ । सम्बन्धित निकायमा जानकारी गराए पनि हालसम्म चिकित्सक आइनपुगेको उहाँको भनाइ छ । 

मनाङमा २० वटा अक्सिजन कन्सन्टे«टर मेसिन र ठूलो सानो गरी २९ अक्सिजन सिलिण्डर रहेको छ । हालसम्म ११ वटा अक्सिजन सिलिण्डर खपत भइसकेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । जिल्ला अस्पताल मनाङमा हाल आठ कन्सन्ट्रेटर र आठ ठूला तथा पाँच साना सिलिण्डर रहेको छ । अस्पतालमा दुई वटा खपत हुने गरेको थियो भने बिरामी बढ्दै गएमा सबै उपयोग गर्न सकिने अवस्था छ । 

चामे गाउँपालिकामा दुई वटा अक्सिजन कन्सन्टे«टर र दुई वटा सानो अक्सिजन सिलिण्डर रहेको छ । मनाङ ङिस्याङ गाउँपालिकामा तीन अक्सिजन कन्सन्टे«टर र १३ वटा सानो सिलिण्डर रहेको छ । त्यहाँ नौ वटा अक्सिजन सिलिण्डर खपत भइसकेको छ । नार्फु गाउँपालिकामा पाँच अक्सिजन कन्सन्टे«टर छन् । यस गाउँपालिकामा अक्सिजन सिलिण्डर भने छैन । नासो गाउँपालिकामा दुई वटा अक्सिजन कन्सन्टे«टर र एउटा सानो अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

मनाङ हिमाली क्षेत्र भएकाले यहाँका प्रत्येक होटल तथा बेसक्याम्पमा अक्सिजन राख्ने गरिएको छ । यहाँ हाइअल्टिच्युड हुने भएकाले अक्सिजन कम भएको अवस्थामा उपयोग गर्न प्रायजसो यहाँका मानिसले अक्सिजनको व्यवस्थापन गरेका हुन्छन् । जिल्ला अस्पताल मनाङमा सात, चामे गाउँपालिकामा १०, मनाङ ङिस्याङ गाउँपाकिलामा १३, नार्फु गाउँपालिकामा पाँच र नासो गाउँपालिकामा १२ गरी कुल ४७ शय्याको आइसोलेशन रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की