२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

सीमा नाकामा कडाइ

१३ जेष्ठ २०७८, बिहीबार ०६:०५

जेठ १३, वीरगञ्ज (रासस) । दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ । भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी भागमा रहेको सीमानाकामा उच्च सतर्कता अपनाई आवतजावतमा कडाइ गरिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले राससलाई बताउनु भयो ।

प्रदेश २ को पूर्वी नाका सप्तरीदेखि पश्चिम पर्साको नाकासम्म ४६४ किलोमिटर सीमा क्षेत्र  छ । सो सीमानाकामा ७२  बिओपी र ३९  एफओपिका पोष्ट छन् । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने र भारततर्फ जानेलाई कडाइका साथ रोक लगाउन  निर्देशन दिइएको डिआजी गौतमले बताउनुभयो । 

यस सम्बन्धमा सहयोग गर्न भारतीय समकक्षीसँंग  नियमित समन्वय गर्ने गरिएको, जथाभावी नेपाल प्रवेश गर्नेलाई फिर्ता पठाउन लगाइएको जनाइएको छ । त्यस्तै जबर्जस्ती  प्रवेश गर्नेलाई कारवाही गरिने, सीमा क्षेत्रको आफँै स्वयं नियमित निरीक्षण गर्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने, भारतबाट कुनै  सामान आउन नदिने जस्ता कार्यगरी सीमा क्षेत्रमा कडाइ गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की