प्रेम सुनार | साउन–२"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | साउन–२"/>

2026-09-01 06:29 PM
गुल्मी - GLM

जसले चन्दा उठाएर तेक्वान्दोमा भिड्यो र देशकै शिर उचो पार्यो


प्रेम सुनार | साउन–२७, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासको वालमन्दिर लाईनमा डेरा गरेर बस्ने र दैनिक मजदुर गरेर जिविका चलाउने १८ वर्षिय विरेन्द्र कुँवर दिनमा मजदुरी गरेपनि विहान र साँझको समय खेल क्षेत्रमा दिदै आएको युवक हुन् ।

गत चार वर्ष देखि गुल्मीका आईटिएफ तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक भिम ज्ञवालीबाट उक्त खेल सिक्दै आएका उनले  देश भित्रका धेरै प्रतियोगितामा सहभागि भएर स्वर्ण पदक लगायतका पदकहरु जित्दै आएका थिए । देश भित्र समुहगत रुपमा  भाग लिन उनलाई कुनै समस्या थिएन । तर शौभाग्ले हालै भारतको बैङलोरमा सम्पन्न ५ औं साउथ एशियन  आईटिएफ तेक्वान्दो च्याम्पीयनशिपमा उनि छनौट भए पछि भने उनलाई त्यहाँ पुग्ने खर्च जुटाउन निकै  समस्या आई पर्यो ।

उनले जिल्ला खेलकुद विकास समितिको सहजीकरणमा विभिन्न संघ– संस्था र व्यक्ति संग समेत चन्दा संकलन गरेर लागे त्यस तर्फ । नभन्दै उनि त्यहाँ पुगेर  पनि पुगे जस्तै भयो । नेपालबाट त्यस खेलमा भाग लिन  त्यहाँ पुगेका ८ जना खेलाडी मध्ये  उनि स्वर्ण पदक सहित सवै भन्दा बढि पदक जित्ने खेलाडी बनेर गुल्मी जिल्लावासीको मात्र नभई सिङ्गो देशकै शिर उचो पारी दिए ।

दक्षिण एशियाका सात मुलकका ४६ केजी तौल समुहका प्रतिस्पर्धीलाई पछार्दै उनले एक स्वर्ण सहित अन्य विभिन्न चार पदक लिएर गुल्मी जिल्ला फर्केका उनलाई  जिल्ला खेलकुद विकास समितिले आज  उनलाई स्वागत एवं सम्मान गर्यो ।

समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारी भन्छन्–‘ उनको आर्थिक अवस्था निकै कमजोर रहेको छ , तर पनि उनले हामीलाई सहयोग संकलन गर्न लगाएरै भए पनि बैङलोरमा खेल्न गए र जिल्लावासीको मात्र नभई सिङ्गो देशकै शिर उचो पारेर फर्किदा अत्यन्तै खुशी र गौरव महशुस भएको छ । ’

त्यस खेल समितिका सल्लाहकार मनोज काउछाले पनि कम्जोर आर्थिक अवस्थाका वावजुद पनि कुँवरले सघर्ष गरेरै गेममा भाग लिएको र देशको ईज्जत राखेर फर्किएकोमा गौरव लागेको प्रतिकृया दिए ।  स्वर्ण पदक विजेता कुँवरले आफुलाई विभिन्न संघ संस्था र व्यक्तिहरुले  सहयोग गरेर वैङलोरमा खेल्न पठाएको प्रति आभार प्रकट गर्दै भने–‘ मलाई आगमी दिनमा राज्य र विभिन्न संघ संस्थाहरुले सहयोग गरे आफुले यो भन्दा थप सफलता हात पार्ने बताए ।  उनको घर रेसुङ्गा नगरपाललिका–३, अर्थात साविकको अर्खले व्यँहोरो गाउँमा भए पनि गरी खाने जमिन कम भएका कारण उनका वाव आमा सहित स–परिवार वर्षौं अघि देखि  सदरमुकाममा वसेर मजदुरी गर्दै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन