२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जहाजले आकाशमा फन्को लगाउँदा…

२०७८, १६ जेष्ठ आईतवार १६:०३

जेठ १६ धनगढी | धनगढीको आकाशमा हवाइजहाजले आज लगातार फन्को लगाइरहँदा नगरवासीमा कौतुहल र चासो बढेको देखियो । आकाशमा यसरी किन चक्कर लगाइरहेको भनेर नगरवासीले चासो राख्दै एकापसमा टेलिफोनमा जिज्ञासा राखिरहेका थिए ।

कतिपयले धनगढी विमानस्थलमा अवतरण गर्न नसकेर वा अवतरण गर्ने वातावरण नभएर जहाजले आकाशमा फन्को लगाएको अनुमान लगाएका थिए भने अन्य कतिपयले उडिरहेकै अवस्थामा जहाज बिग्रेकाले अवतरण गर्नमा समस्या भएको भनेर अड्कल गरिरहेका थिए । कोरोना भाइरसको महामारीका बेला हाल धनगढी विमानस्थलमा आन्तरिक उडान बन्द रहेको अवस्थामा उक्त जहाजले चक्कर लगाएको देखिँदा पनि नगरवासीको चासो बढेको थियो ।

बिहान १० बजेको आसपासमा पूर्वतर्फबाट आएको सो जहाजले कैलालीको धनगढी र कञ्चनपुर जिल्लाको आकाशमा तीन/चार पटक फन्को लगाएको थियो । सो जहाज अवतरण गर्न नसकेर नभएर त्यहाँको धरातलीय स्वरुप मापनका लागि सर्भेक्षण कार्य गरिएको जनाइएको छ । 

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जमीनको धरातलीय स्वरुप के कस्तो छ भनेर नक्सा तयार गर्नका लागि जहाजमार्फत् सर्भेको काम भइरहेको भन्ने जानकारी आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘एक विदेशी जहाजले भैरहवा, नेपालगञ्ज र धनगढीको आकाशमा ‘सर्भे फ्लाइट’ गर्दैछ भन्ने जानकारी आएको थियो ।’’ रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा