साउन २८, गौशाला । महोत्तरी जिल्लाको रामगोपालपुर गाविसमा बिहीबार मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामगोपालपुर गाविस–२ बस्ने रामनारायण मण्डलकी पत्नी ४५ वर्षीया देवीयादेवी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, गौशाला । महोत्तरी जिल्लाको रामगोपालपुर गाविसमा बिहीबार मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामगोपालपुर गाविस–२ बस्ने रामनारायण मण्डलकी पत्नी ४५ वर्षीया देवीयादेवी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

२८ श्रावण २०७३, शुक्रबार ०५:५३

साउन २८, गौशाला । महोत्तरी जिल्लाको रामगोपालपुर गाविसमा बिहीबार मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामगोपालपुर गाविस–२ बस्ने रामनारायण मण्डलकी पत्नी ४५ वर्षीया देवीयादेवी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

महोत्तरीको जलेश्वर बर्दिबास सडखण्डमा बिहीबार जलेश्वरबाट बर्दिबासतर्फ गइरहेको ज६प ३७०४ नंं को डिस्कभर मोटरसाइकलले पदैल यात्री देवीयादेवी मण्डललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । 

घाइते मण्डललाई स्थानीय जनकल्याण मेडिकल रामगोपालपुरमा लगी प्राथमिक उपचार गराई थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा मृत्यू भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो । 

घटनापश्चात् ज६प ३७०४ नंंको मोटरसाइकल र चालकलाई पक्राउ गरी जिप्रका महोत्तरीको हिरासतमा राखी घटना सम्बन्धमा अनुसन्धान सुरु गरिएको छ । यता मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको जिप्रका महोत्तरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा