२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सञ्चालनमा आएनन् आइसियु र भेन्टिलेटर

२१ जेष्ठ २०७८, शुक्रबार १०:३३

जेठ २१, मान्म (रासस) । कालीकोट सदरमुकाम मान्ममा सञ्चालन गरिएको कोभिड–१९ विशेष अस्पतालमा स्थापना गरिएका सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर प्रयोगविहीन भएका छन् । दक्ष जनशक्तिको अभावमा सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर प्रयोगविहीन भएका हुन् । 

कोरोना महामारीको पहिलो चरण गत आर्थिक वर्षको भदौ महिनामा स्थापना गरिएको सघन उपचार कक्ष र भेन्टिलेटर चलाउन सक्ने दक्ष जनशक्ति नभएका कारणले सञ्चालनमा आउन सकेका छैनन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा स्थापना गरिएका दुई सघन उपचार कक्ष र एक भेन्टिलेटर सञ्चालन हुन सकेका छैनन् । 

जिल्लामा नै सघन उपचार कक्ष र भेन्टिलेटर भए पनि कोरोनाका जटिल बिरामीलाई जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बाध्यता रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आइसियु कक्ष नियमितरुपमा सञ्चालन गर्नका लागि कम्तीमा एक÷एक इन्टरनल मेडिसिन र बेहोस बनाउने चिकित्सक (एनएस्थिसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले बताउनुभयो । 

जिल्लामा विद्युत्को नियमित आपूर्ति नहुँदा पनि सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या भएको निमित्त प्रमुख महतले जानकारी दिनुभयो । “सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा ल्याउन केही समय अझै लाग्ने देखिएको छ”, उहाँले भन्नुभयो, “जनशक्तिको व्यवस्थापनसँगै विद्युत्को वैकल्पिक माध्यम खोजेर सञ्चालनमा ल्याउने छौं ।”

कालीकोटमा हालसम्म सात हजार ६२२ मा कोरोना परीक्षण गर्दा एक हजार ३४१ जनामा पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । त्यसमध्ये एक हजार २३ जना निको भएर डिस्चार्ज भएका र ३१५ जनाको विभिन्न आइसोलेशनमा उपचार भइरहेको तथा तीनजनाको हालसम्म मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’