२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा ‘हुनेले दिने नहुनुले लिने अभियान’ प्रभावकारी बन्दै

२०७८, २५ जेष्ठ मंगलवार ०४:२२

कमल घिमिरे।जेठ२५। पाँचथरमा फिदिमका युवाहरुले हुनेले दिने नहुनुले लिने चलाएको अभियान प्रभावकारी बन्दै गएको छ ।

बन्दाबन्दी तथा निशेधाज्ञ भएको एक महिना बित्न लाग्दा खाद्यान्नको व्यवस्था गर्न नसक्ने परिवार र कोरोना संक्रमण भएर घर बाहिर निस्कन नसक्ने परिवारहरू का लागि फिदिमका युवाहरुले यो अभियान चलाएका हुन ।

यस अभियानमा राहात बाँडेको फोटो नखिच्ने,राहात लिनेको बिवरण सार्वजनिक नगरिने भएकोले पनि अभियान प्रभावकारी बन्दै गएको हो । बितरण गरिने राहातमा चामल, सब्जी,दाल, तेल, मरमसला तथा अन्य खाद्यान्न समाग्री समेटिएको बताइएको छ । अभियान्ताका युवाहरुले सुरुवाती चरणमा स्वयम बाट ४० हजार रुपैयाँ उठाएर राहात बितरण सुरु गरेका थिए। 

नेपाल तथा बिदेशबाट सहयोग जुटाएर मंगलबार सम्म २लाख ६८हजार २ सय ५२ रकम संकलन भए मध्ये २ लाख ३५हजार ३५ रुपैयाँ बराबरको राहात ८७ परिवारका ३१६ सदस्यहरुलाई राहात बितरण गरिसकेको अभियान्ता नविन बुढाथोकीले बताए ।

बिहिबार सम्ममा नाम टिपाइसकेका अन्य ४६ परिवारलाई राहात बितरण गरिने अभियान्ता केशब भट्टराईले बताए ।

अभियानमा सहयोग गर्नेलाई धन्यवाद दिदै समास्यामा परेका परिवार तथा सदस्य लाई अभियान्ताहरु सँग सम्पर्क गरेर राहात लिन समेत अभियान्ता टिका खनालले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने