जलजला पाटनमा हावाहुरीबाट सात जना बेपत्ता

साझासवाल

<p>हेमन्त केसी &nbsp;असार २, जाजरकोट (रासस) । जलजला पाटनमा गोठ लिएर गएका कुशे गाउँपालिका वडा&nbsp; नं ८&nbsp; र ९ का&nbsp; सात जना बेपत्ता&nbsp; भएका छन् । मङ्गलबार बेलुकीदेखि जलजला पाटनमा आएको हावाहुरीबाट बेपत्ता भएका सात जना अहिलेसम्म सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।&nbsp;</p><p>वडा ८ का बेपत्ता हुनेहरुमा दिलबहादुर खड्का, विक्रम खडका, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र&nbsp; वडा नं ९ का कृष्ण रोकाय रहेको प्रहरी नायब उपरीक्षक मधु थापाले बताउनुभयो ।</p><p> त्यस्तै सोही हावाहुरीबाट ज्यान बचाउन सफल चार जना सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ । सम्पर्कमा आउनेहरुमा भक्तबहादुर रोकाय, इश्वर रोकाय, दुर्गा रोकाय र गङ्गा खड्का रहेका छन् ।&nbsp;</p><p>त्यस्तै जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ । आज बिहान मात्र घटनाको बारेमा जानकारी आएका कारण प्रहरी जलजला पाटनतर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।&nbsp;</p>

Leave a Comment

Leave a Reply