२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मिराई ग्लोबलद्वारा मुगुमा स्वास्थ्य सामग्री तथा राहत वितरण

६ असार २०७८, आईतवार ०३:४२

असार ६, मुगु | मिराई ग्लोबल एजुकेसन एन्ड भिसाका तर्फबाट नेपालको कर्णाली प्रदेशमा अवस्थित विकट जिल्ला मुगुलाई कोविड राहत स्वरुप खाद्यान्न सामग्री वितरण भएको छ । 

अहिले विश्व नै कोभिड महामारीले आक्रान्त पारिरहेको अवस्थामा प्राय व्यापार व्यवसाय ठप्प भए पनि 'व्यवसाय वा नाफा भन्दा माथि हरेक व्यक्तिको ज्यान, स्वस्थ उपचार सेवा पाउनु र बाँच्न पाउनु सबैको अधिकार हो' भन्ने सोचले उत्प्रेरित  भएर सहयोग गरिएको मिराई ग्लोबलका मेनेजिङ डिरेक्टर उमेश खड्काले बताए । साथै उनले कुनै पनि पेशा वा व्यापार व्यवसायलाई परोपकारसंग जोड्नु अत्यन्त महत्वपूर्ण रहेको भन्दै आफू बिदेशमा रहेता पनि आफ्नो जन्मभूमि तथा अस्ट्रेलियामा रहेका कुनै पनि नेपाली समुदायका व्यक्तिमा आईपरेको विपतको बेलामा आफू र आफ्नो संस्थाले सदैव सहयोग गर्न तत्पर रहेको बताएका छन् । 


उनले राहत र सहयोग सुविधा सम्पन्न विकशित ठाउँमा भन्दा पनि विकट र साच्चिकै आवश्यकता भएको ठाउँसम्म पुर्याउनुपर्छ भन्ने विचारले मुगु जिल्लामा सहयोग गर्न छनोट गरेको जानकारी दिए । राहत अभियानमा खटिएका अनिल बानिया र टिमलाई समेत खड्काले धन्यबाद दिएका छन् । मिराई ग्लोबलका चिफ अपरेटिगं अफिसर रेशम सिग्देलले यो बेला आफु सचेत भै बस्न सबैलाई आग्रह गर्नुको साथै यो सहयोगमा जोडिन पाउदा खुसीलागेको अबगत गराए ।

मिराई ग्लोबलले सय बोरा चामल, २ हजार ५ सय माक्स, २० लिटर सेनिटाइजर, २ पिस अक्सिमिटर र ५० पिस पिपिइ सेट सहयोग गरेको छ । 


मीराई ग्लोबल एजुकेसन एण्ड भिजाले विगत पाँच वर्षदेखि अस्ट्रेलियाको ब्रिसबेन सहरमा स्थापित भई हाल नेपालमा दुइवटा शाखा र श्रीलंकामा एक गरी चार वटा शाखा सञ्चालन गर्दै आइरहेको छ । यसका मेनेजिङ डिरेक्टर उमेश खड्का गैर नेपाली संघ अष्ट्रेलियाको उपाध्यक्ष समेत हुन् र हाल अस्ट्रेलियामाको बिर्जवेनमा बसोबास गर्दै आफ्नो व्यवसायका साथै सामाजिक कार्यमा सक्रिय छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान