२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निःशुल्क एन्टिजेन परीक्षणमा लक्ष्यभन्दा कम सहभागी

२०७८, ६ असार आईतवार ०८:३२

रमेश गिरी । असार ६, काठमाडौं । आफ्नो नगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क एन्टिजेन एवं पिसिआर परीक्षणमा करीब दश प्रतिशतले मात्रै सहभागिता जनाएका छन् । 

नगरपालिकाभित्र १० हजार व्यक्तिको एन्टिजेन तथा पिसिआर परीक्षण गर्ने, परीक्षणमा सङ्क्रमण देखिएकालाई बोडेस्थित नगरपालिकाको आइसोलेशन कक्षमा निःशुल्क राख्ने र उपचारको आवश्यकता परेकालाई नगरपालिकाको आफ्नै अस्पताल नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरे पनि परीक्षणमा भने लक्ष्यभन्दा ९० प्रतिशत जनसहभागिता घटेको छ ।

अस्पतालको व्यवस्थापन तथा नगरपालिकाको खर्चमा गरिएको परीक्षणमा १० हजारको परीक्षण गर्ने लक्ष्य राखे पनि एक हजार ३०८ जनाको मात्रै परीक्षण भएको छ । नगरवासीलाई परीक्षणका लागि सार्वजनिक रुपमा आह्वान गरेको, सञ्चारमाध्यम र माइकिङ गरेर जानकारी गराइएको भए पनि परीक्षणमा जनसहभागिता निकै कम भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । परीक्षण गरिएकामध्ये ४८ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिँदै उनले कूल परीक्षणको ३.६६ प्रतिशत पोजेटिभ रिपोर्ट आएको बताए ।

“हामीले नगरपालिकामा कोभिडको अवस्थाबारे एउटा रिसर्च पनि होस् र नगरपालिकाको अवस्था कस्तो छ, कति जोखिम छ भनेर जानकारी लिन सकियोस् भनेर नेपालमै पहिलोपटक समुदायस्तरमा यति ठूलो परीक्षणको कार्यक्रम राख्यौँ”, नगरप्रमुख श्रेष्ठले भने, “तर जनसहभागिता निकै कम भयो, त्यसैले फेरि एक पटक यस्तो परीक्षण गर्नेबारेमा जनप्रतिनिधिबीच छलफल भएको छ, अहिले भने परीक्षणमा पोजेटिभ आएका सबैको उपचार नेपाल कोरिया अस्पतालमा निःशुल्क गर्नेछौँ ।” 

नगरपालिकाले वडागत रूपमा नौ थरी रङको कार्ड वितरण गरिएको जानकारी दिँदै यो कार्ड लिएर आउनेलाई अस्पतालमा अन्य सेवामा पनि १० प्रतिशत थप छुट दिने व्यवस्था गरेको उनले बताए । नगरपालिकाले आफ्ना नागरिकका लागि कोरोना सङ्क्रमितको निःशुल्क उपचारदेखि परीक्षणमा सहभागी हुने सबैलाई कुनै पनि उपचार वा स्वास्थ्य सेवामा नगर अस्पतालले १० प्रतिशत छुट दिने व्यवस्था गर्दा पनि किन जनसहभागिता कम भयो यसबारे जानकारी लिएर अर्को परीक्षणको कार्यक्रम सार्वजनिक गरिने नगरपालिकाका प्रवक्ता केशव सिलवालले जानकारी दिए ।

नगरपालिकामा कतिपय नागरिकले परीक्षणको आवश्यकता नभएको, कतिपयले अझै पनि सङ्क्रमण देखिएला भन्ने डरका कारण, कतिपयले परीक्षणकै क्रममा कोरोना सर्छ भन्ने गलत हल्ला र कतिपयले कुन प्रयोजनका लागि परीक्षण भइरहेको छ भन्ने पूर्ण जानकारी नपाउँदा जनसहभागिता कम भएको पाइएको बताइएको छ ।

परीक्षणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झा, स्वास्थ्य मन्त्रालयका सिसिएमसीका प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा.राजेश सम्भाजीराव, प्राडा अरूण, डा.दिवेश कर्माचार्यसहितको टोलीले विभिन्न केन्द्रमा गएर अनुगमन तथा निरीक्षण गरेको थियो । टोलीलाई नगरप्रमुख श्रेष्ठले एन्टिजिन र पिसिआर परीक्षणबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता