रेडियो मुगु | साउन २८, गमगढी | मुगु सदरमुकाम नजिकैको कार्किवाडा गाउँ बिकास समिती वडा नम्बर १,२,३,४ का "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रेडियो मुगु | साउन २८, गमगढी | मुगु सदरमुकाम नजिकैको कार्किवाडा गाउँ बिकास समिती वडा नम्बर १,२,३,४ का "/>
२८ पुष २०८२, सोमबार
मुगु - MG

पहिरोको उच्च जोखिममा एकै गाबिसका चार वस्ती

२८ श्रावण २०७३, शुक्रबार १७:४८

रेडियो मुगु | साउन २८, गमगढी | मुगु सदरमुकाम नजिकैको कार्किवाडा गाउँ बिकास समिती वडा नम्बर १,२,३,४ का वस्ती पहिरोको उच्च जोखिममा रहेको छ । लगातार आएको अबिरल वर्षाले जमिन भासीदै गयपछि कालपाल्त, कोश, कालजुर र दोवाट गाउँ पहिरोको उच्च जोखिमा रहेका छन् ।

पहिरोमा चार गाउँका स्थानीय खोलाहरुबाट आउन शुरु गरेको र स्थानिय खोलामै आएको बाढिकै कारण सोक्षेत्रका बिभिन्न क्षेत्रहरुमा जमिन भासिदाँ सो क्षेत्रका स्थानिय बासिन्दा रातभर जाग्रम बस्नु परेको स्थानिय गुनासो रहेको छ । ताल्चा बिमानस्थल कालोपत्र भएसगै पानीका नहर बुका खोलामा मिसाईएकाले पनी ताल्चा बिमानस्थल तलका वस्ति उच्च जोखिमा परेका हुन् । बुका खोलाले गर्दा खोला आसपासका सयौ बिगाह जमिन कटान् गरेको छ । 

खोला ताल्च बिमानस्थल देखि पानीखोला सम्म ठाडो भएरपनी यस्तो समस्या आयको स्थानीय हिद्धसिहं नेपालीले बताउनुभयो । ताल्चा बिमानस्थल कालोपत्रे भएसगै पानीका नहर बुका खोलाम मिसाईए पछी पहिलेका बर्ष हरुको तुलानामा यो वर्ष धैरै खेति योग्य जमिनमा कटान गरेको उहाँको भनाई रहेको छ । पानी नै नआउने खोला भएर खोलाको नामनै बुका खोला राखिएको किम्बन्दीमा रहेको भएपनी सोही खोलामा आएको पानीले धेरै खेतियोग्य जमिनको कटान् भएको छ । लगातारको बर्षाका कारण आजभोली ताल्चा देखि पानी खोला सम्मको सयौ बिगहामा लगायको धान, कोदो, लगायतका बालीमा क्षति समेत पु¥याएको छ । अहिले सम्म खोलाको पहिरो नियन्त्रणका लागी कुनै निकायले चासो नदेखाएको स्थानीयको गुनासो रहेको छ । 


पहिरो नियन्त्रणकालागी जल उत्पन्न सब डिभीजनकाार्यलय जुम्लाले हालेका ६० ओटा  जाली पनी बाढिमा बगेका छन् । लगातारको अबिरल वर्षाले बाटोमा  ठाउँ ठाउँमा  पहिरो गयपछि बालै जोड्ने सडकखण्ड पुर्ण रुपमा बिग्रनुका साथै स्थानियको आवतजावतमा समेत समस्या भएको छ । बाटो अवरुद्ध हुदा बिशेष गरी बिद्यार्थी र बृद्ध बृद्धालाई समस्या भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला