By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    7 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    8 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    13 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: राउटे संरक्षण नीति बनाउँदै कर्णाली सरकार
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > सुर्खेत - SKT > राउटे संरक्षण नीति बनाउँदै कर्णाली सरकार
समाजसुर्खेत - SKT

राउटे संरक्षण नीति बनाउँदै कर्णाली सरकार

साझासवाल
Last updated: June 27, 2021 6:52 am
साझासवाल
11 Min Read
Share

शुरबहादुर सिंह । असार १३,कर्णाली (रासस)। गत जेठ २३ गते राउटे युवतीमाथि गुर्भाकोट नगरपालिका सुर्खेतका युवाहरुले दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भयो । आपत्तिजनक अवस्थाको त्यो भिडियोले धेरैलाई तरङ्गित पनि बनाइदियो । 

राउटे युवतीमाथि यौन दुव्र्यवहार भएको युट्युब भिडियो जब बाहिरियो धेरैले राउटे युवतीमाथि त्यो व्यवहार गर्नेलाई कडा कारबाही गर्नुपर्ने मत राखे । कर्णालीका जंगलहरुमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका निर्दोष युवतीलाई होटलमा पुर्याएर यौन दुव्र्यवहार गरेको आपत्तिजनक भिडियो भाइरल भएपछि राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण पनि गरायो ।

आयोगको ध्यानाकर्षणपश्चात् सुर्खेत प्रहरी प्रशासनले गुर्भाकोट नगरपालिका– ९ सुर्खेतका चमन घर्ती (जोगी), भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनसहित तीन जनालाई पक्राउ गर्यो । पछिल्लो समयमा राउटे युवतीमाथि भएको यौन दुव्र्यवहार प्रसारण गर्ने युट्युब च्यानललाई पनि प्रहरीले बन्द गरेको छ ।

युवतीमाथि यौन दुराचार गर्ने ती युवाहरुलाई भने मानव ओसारपसार र जबर्जस्ती करणी कसुरको मुद्दा लगाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अन्य समुदायको मान्छे प्रवेश निषेध गराउन राउटे बस्तीमा सुरक्षा व्यवस्था मिलाइएको छ । 

आफ्नै भाषा, संस्कृति र जीवनशैलीमा रमाउने राउटे जाति र उनीहरुका चेलीहरुमाथि गरेको अश्लील कर्मको वास्तविक अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोग जिल्ला कार्यालय जुम्लाको चार सदस्यीय टोलीले दुई साताअघि गुर्भाकोट नगरपालिका ११ सुर्खेत भेरी नदी किनारस्थित आँपसोतीमा रहेको बस्तीको स्थलगत अनुगमन तथा अनुसन्धान गरेको छ ।

उनीहरुको मानवअधिकार, पोषण तथा सामाजिक सुरक्षा, खाद्य र साँस्कृतिक अधिकारबारे स्थलगत अनुगमन, अनुसन्धान गरेको आयोग जुम्लाको टोलीले आफ्नै संस्कार र स्वतन्त्रतामा जिउँदै आएको राउटे जाति अब असुरक्षित बन्दै गएको पाएको छ । असुरक्षाका विभिन्न कारणहरुमध्ये प्रमुख कारण राउटेहरु गैरराउटेको नजिकतामा आउनु नै देखिएको मानवअधिकार अधिकृत धनराज शाहीले बताउनुभयो ।

“हामीले राउटे जातिभित्रका रास्कोटी, कल्याल र सोमवंशी मुखियाहरु सूर्यनारायण शाही, बीरबहादुर शाही र दिलबहादुर शाहीसँग बस्तीमै पुगेर बुझ्यौं,” अधिकृत शाहीले भन्नुभयो, “तीनै मुखियाहरुले आफ्नो छुट्टै राज्य भएको यद्यपि खाद्य जोहोका लागि गैरराउटेहरु नजिक आउनुपरेको सुनाउनुभयो ।” अनुगमनको क्रममा राउटे बालबालिका तथा महिलाहरुमा अत्यधिक कुपोषण रहेको पाइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “संस्कृति, रहनसहन र भेषभूषा आफ्नै रहेपनि खानपानका केही कुरामा उनीहरुको फेरबदल आएको पायौ । पछिल्लो समयमा राउटेहरुले मदिरापान बढी गर्ने, सूर्ती खाने, बाहिरबाट जाने मान्छेहरुसँग पैसा माग्ने र त्यसबाट पनि धुम्रपान, मद्यपानमै खर्च गर्दा रहेछन् ।” बाह्य संस्कृतिको प्रभाव रोक्न र उनीहरुको पहिचान एवं अस्तित्व बचाउन सरकारले नीतिगत व्यवस्था गरी संरक्षण ऐन ल्याउनुपर्ने उहाँको सुझाव थियो । आफूलाई जंगलको राजा मान्ने, फिरन्ते जीवनमा रमाउने, सरसफाईसँग ध्यान नदिने, काठका सामग्रीहरु जस्तै, ठेको, ठाडु, बेलना, तरैनी, कोसी, चन्नौटो (नुन, खुर्सानी राख्ने) बनाउने, ती समानहरु गैरराउटेहरुसँग पैसा नभई वस्तुसँग विनिमय मात्र गर्ने राउटेहरुको पछिल्लो दिनचर्या अस्तव्यस्त मात्र छैन, सङ्कटपूर्ण अवस्थामा पुगेको छ ।

बाह्य संस्कृतिको अतिक्रमणले उनीहरु पूर्णरुपले आफ्नै संस्कृति पछ्याएको पाईंदैन । सहजैरुपमा गैरराउटेहरुको संस्कृति पनि उनीहरुले ग्रहण गर्न सकेका छैनन् । जंगलमा बाँदर, गुनाको शिकार गर्ने, कन्दमूल खाने र कर्णाली तथा सुदूरपश्चिमका जंगलमा आफ्नै जीवनशैलीमा बस्दै आएको राउटेहरु अहिले अध्ययन, अनुसन्धान र राहत प्रदान गर्ने नाउमा खतराको शिकार हुँदै आएका छन् ।

अव्यवस्थित विकास, डोजरको जथाभावी प्रयोगले जंगलमा बस्ने राउटेहरुको बासस्थान ध्वस्त हुँदै गएको छ । सुरक्षित राज्यका रुपमा मानिएको जंगल मासिँदै गएपछि गैरराउटेहरुको नजिक आउन उनीहरु बाध्य भए । मेसिनरी, औद्योगिक र आधुनिकरणबाट निर्मित सामग्रीहरुले हातले निर्माण गरेका राउटेका सामग्रीहरुलाई राम्रैसँग विस्थापित गराइदिए । 

फिरन्ते जीवनशैलीमा परिवर्तन 

केही वर्ष अघिसम्म राउटेहरु ‘पैसा छुँदा पाप लाग्छ’ भन्ने साँस्कृतिक तथा धार्मिक मान्यता राख्थे । उनीहरु अन्य समुदायसँग घुलमिल गर्दैनथे । आफूलाई बोटको राजा र गैरराउटेलाई कोटको राजा भन्न रुचाउने यो समुदाय हाल अन्य समुदायसँग घुलमिल हुँदै गएको छ । बाह्य संस्कृति र समुदायसँगको अन्तरघुलनले होला राउटे समुदायको अस्तित्व जोखिमपूर्ण बन्दैछ । 

फिरन्ते जीवनशैलीमा बाँचिरहेको राउटे आज एकाएक मगन्तेमा परिणत भएको छ । परनिर्भरता उन्मुख जीवनशैलीमा गुज्रिरहेको छ । उनीहरुको बस्तीमा नयाँ मान्छे जानै हुँदैन । त्यहाँ पुगेर परिचय र सम्वाद गर्नेहरुसँग उनीहरुको पहिलो प्रश्न ‘रक्सी सुर्ती केही ल्याउनु भया छ ?’ भन्ने हुन्छ । त्यसो नभए ती चीज किन्नका लागि पैसा माग्छन् । चिनी, बिस्कुटलगायतका अन्य खाने कुरा मागेको पाइँदैन ।

राउटेमा यस्तो स्वभाव कसरी विकसित हुँदै गयो भन्ने राससको प्रश्नमा राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानका केन्द्रीय अध्यक्ष अर्थात् राउटेकी भान्जीका नामले परिचित राउटेहरु मगन्ते नभएको जिकिर गर्नुभयो । राउटेले अपेक्षा नगरेको विभिन्न चीजवस्तु दिएर बिगार्नेहरुले मगन्तेको भूमिका निर्वाह गरेको अध्यक्ष खड्काले तर्क गनुभयो ।  

“एनजिओ आइएजिओ र सरकारले विदेशीबाट बजेटदेखि विभिन्न साम्रगी माग्दा मगन्ते नहुने अनि राउटेले माग्दा मगन्ते हुने ?” प्रतिप्रश्न गर्दै उहाँले भन्नुभयो, “राउटे संरक्षणका लागि नीति कार्यक्रम बनाउने भन्दै ठूला होटलमा बसेर ह्विस्की, वाइनलगायतका विभिन्न खाले रक्सी खाने अनि त्यही चीज माग्दा राउटे मगन्ते हुने मानसिकताबाट व्याख्या गर्नु अनुपयुक्त हुन्छ ।” 

माग्नेहरुले नै माग्ने बनाएकोले यसमा राउटेको दोष नभएको बरु सरकारले उनीहरुको अस्तित्व र पहिचान संरक्षण हुने गरी नीति बनाउन ढिला गर्न नहुने उहाँको भनाई थियो । अध्यक्ष खड्काका अनुसार राउटे एकैपटक रुपान्तरण नुहने तर समयले एक दिन आजको मानव समाजको परिवेशमा ल्याउने भने पक्का हो । 

राउटेका ४६ घर परिवारका १५३ व्यक्तिलाई परिचय पत्र दिएर आफ्नो नागरिक बनाएको गुराँस गाउँपालिकाले उनीहरुको समुदाय जोगाउन, खाद्य अधिकारदेखि बस्ती विकास गर्न राउटे संरक्षण कार्यविधि बनाएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिनुभयो । आफ्नै नागरिकका रुपमा स्थापित गर्न खोजेपनि स्थानान्तरण भइरहने र मौसमी बसाई गर्ने भएकोले जटिलता आएको उहाँले बताउनुभयो ।

“हाम्रो गाउँपालिकामार्फत् उनीहरुलाई रु तीन हजार र कर्णाली प्रदेश सरकारको रु दुई हजार गरी मासिक रु पाँच हजार भत्ता दिँदै आएका छौं,” अध्यक्ष ओलीले भन्नुभयो, “यद्यपि, यसको सदुपयोग उनीहरुले सही तरिकाले नगर्दा राउटे जीवनशैली परनिर्भरतातर्फ उन्मुख भएको महसुस गरेको छु ।” उनीहरुको संस्कृति, अस्तित्व र पहिचान बचाउन सबै सरोकारवालाहरुको दायित्व रहेको उहाँको भनाई छ । 

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखाका प्रमुख अनिता ज्ञावलीले संस्कृति र संस्कारका हिसाबले राउटेहरु अहिले पनि ढुंगे युगमा रहेको बताउनुभयो । आफै जीविकोपार्जन गरेर बाँच्ने राउटेलाई पछिल्लो समयमा विभिन्न निकाय, संघसंस्था, समूह र व्यक्तिले गरेको अध्ययन अनुसन्धान, राहत, सहयोगका नाममा परनिर्भरतातर्फ धकेलिएको उहाँले जनाउनुभयो ।

आफ्नै भाषा, संस्कृति, भेषभूषा र रहनसहनमा रहेको राउटेको विशेषता भनेकै तेल नखाने, स्थायीरुपमा एकै ठाउँमा नबस्ने, फाटो त्रिपालको मात्र ओत लाग्ने घर बनाउने, बिरामी हुँदा स्थानीय जडिबुटी बाहेक अन्य औषधोपचार नगर्ने र पढ्न हुँदैन भन्ने मान्यता राख्ने हो । आफू बसेको ठाउँमा मान्छे मर्दा १२ वर्षपछि मात्र फर्कने चलन यस जातिमा रहेको महाशाखाका प्रमुख ज्ञावलीले जानकारी दिनुभयो ।

“राउटे जाति लोप हुने खतरामा छ । उनीहरुको संस्कृति बचाउनु सरकार अनि राज्य सबैको दायित्व हो । हामीले उनीहरुको सबैभन्दा मनपर्ने चीज बाँदर हो, त्यसको प्रतिमूति बनाई दिनुपर्दछ” महाशाखा प्रमुख ज्ञावलीले भन्नुभयो,“ उनीहरुलाई संसारमा चिनाउने यो एउटा पहिचान पनि हो ।” त्यसमा उनीहरुको श्रम, सीप र कलासमेतलाई उपयोगमा ल्याउन प्रयास थालिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रमुख ज्ञावलीका अनुसार शुरुका दिनमा आफैँ जीविकोपार्जन गर्ने राउटे जाति पछिल्लो समयमा सरकारसँगै अनुरोध गर्ने रुपान्तरणको अवस्थामा पुगेपनि आजका दिनसम्म खेतीपाती गर्नु हुँदैन, एकै ठाउँ बस्नु हुँदैन र पढ्नु हुँदैन भन्ने मुख्य मान्यता राख्दछ । पछिल्ला दिनहरुमा सेलिब्रेटी बनाउने नाममा उनीहरुको आवश्यकता भन्दा इच्छा परिपूर्ति गर्ने काम बाह्य समुदायले गरेको उहाँको टिप्पणी छ । 

राउटेको जीवन र अभ्यास  

गत फागुन १८ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँगको भेटघाटमा राउटे अगुवा दिलबहादुर शाहीले प्रश्न गर्दै भन्नुभएको थियो, “तपाई मुख्यमन्त्रीले नै हामीलाई घर हाल्नुपर्यो । खेतीपाती गर्नुपर्यो । जंगलमा बस्नु हुँदैन । नयाँ कपडा लगाउनुस् भन्नुहुन्छ । तपाईहरु जस्तै भए हामी राउटे कसरी हुन्छ त ? हामीलाई खानाको समस्या भयो । बरु तपाईले खाने कुरा दिनुपर्यो, उता जनता भोकै छ ।” 

आफ्नै संस्कृति र जीवनशैलीमा दिन बिताउँदै आएको राउटेहरु सहजै गैरराउटेको जस्तो जीवनशैलीमा आउन सक्ने अवस्था तत्काल छैन तर बाह्य समाजले आधुनिकतामा आउन जबर्जस्ती गरिरहेको छ । यस सन्दर्भमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक रमेश खत्री आदिवासी राउटेहरु राज्यको सम्पत्ति भएको बताउनुभयो । राउटेलाई राउटे भएर बाँच्न दिनुपर्ने बरु उनीहरुको मौलिक संस्कृति, सीप, कला र संस्कार राज्यले संरक्षण गर्नुपर्ने उपप्रध्यापक खत्रीको भनाई छ । 

राउटेको जीवन एकातिर अभ्यास अर्कोतिर भइरहँदा उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा प्रदेश तथा स्थानी सरकारको ध्यानाकर्षण भएको छ । जंगलमै रहेर फिरन्ते जीवनमा रमाउने, आफ्नै श्रम र सीपमा बाँच्ने राउटेलाई भत्ता र राहतले परनिर्भर बनाएको महाशाखा प्रमुख ज्ञावलीले बताउनुभयो । उहाँका अनुसार यसो हुनुमा सरकार, सहयोगी निकाय र सरोकारवाला पक्ष सबैको कमजोरी रहेको छ ।

शोधकर्ता एवं अनुसन्धानकर्ताले आफ्नो उद्देश्य परिपूर्तिका लागि राउटेलाई मदिरा सेवनसमेत गराउने गरेका कारण उनीहरु आधुनिक मदिरा, धुम्रपानको लतमा फसेको उहाँको भनाई थियो । उनीहरुको आफ्नै संस्कार, संस्कृति र मौलिकतालाई बचाउन र सङ्कटमा परेको पहिचान बचाउन प्रदेश सरकार लागिरहेको छ । 

मूलतः राउटे समुदायको रुपान्तरण गर्दै उनीहरुको अस्तित्व र पहिचान बचाउने, आधारभूत आवश्यकता परिपूर्ति, एकीकृत बस्ती विकास गरी मन्त्रालयले राउटे संरक्षण नीति निर्माण गर्ने तयारी थालेको सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी बताउनुभयो ।

मन्त्री बुढाका अनुसार नीतिमा रहेर कार्ययोजना बनाउने र त्यही अनुसार उनीहरुको सीप, कला, संस्कृति र संस्कारको जगेर्ना गर्ने गरी मन्त्रालयले काम अघि बढाउनेछ । विश्वमै दुर्लभ मानिने, फरक जातिय पहिचान र संस्कृति बोकेको एवं सूचना र प्रविधिको युगमा पनि अनौठौ तरिकाले जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटेको संरक्षण हुन नसक्दा बिगतमा चार सयको सङ्ख्यामा रहेपनि अहिले घटेर एक सय ४३ मात्र पुगेको प्रदेश सरकारको तथ्याङ्कमा उल्लेख गरिएको छ ।  

Share This Article
Facebook Email Copy Link Print
Previous Article वैदेशिक रोजगारी: अभिमुखीकरण तालिम प्रदायक संस्थालाई विभागको कडा निर्देशन
Next Article मिनी ग्रेटवाल र शिशाको दृश्यावलोकन केन्द्रलाई रु तीन करोड
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारसमाज

कलंकीमा बिजुलीको पोलमा आगलागी 

1 year ago
काठमाडौँ - KTMसमाज

काँग्रेसले रिक्त पदाधिकारी मनोनयन गर्र्दै

57 years ago
अछाम - ACMसमाज

खापरमाण्डौ दया पिपलतोला धार्मिक तथा शैक्षिक महोत्सव २०७३ को उद्घाटन

57 years ago
काठमाडौँ - KTMसमाज

विद्युतीय बस खरीदबारे टुङ्गो लागेन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?