२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

प्रतिबन्धित वन लसुनसहित दुई पक्राउ

२०७८, १९ असार शनिबार १६:४४

असर १९, मनाङ | प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका –५ गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका –३ खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने माइला गुरुङ र धार्चे– ७, लापु घर भइ हाल खितिपुरमा बस्दै आएका ३८ वर्षीय जितबहादुर गुरुङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुवास खड्काले  उनीहरुलाई करिव ३० किलो प्रतिबन्धित वन लसुन सहित  पक्राउ गरेको जानकारी दिनुभयो  । सो लसुन ६ लाख रुपैयाँ बराबरको भएको बताइएको छ । उनीहरुले नार्पाभूमिको नार गाउँका  कृषकहरुबाट प्रतिकेजी चार हजारको दरले किनेर ल्याएको  उहाँले बताउनुभयो ।  बरामद गरिएको वन लसुन  नासों गाउँपालिका –५ थोंचे हुँदै मनास्लु पदमार्गमा पर्ने  तिल्चे, भीमथाङ हुँदै लार्के पास गरेर गोरखाका ४६ वर्षीय छिरिङ बुन्जो लामालाई बिक्री गर्ने तयारी गरेकोे प्रहरीले जनाएको छ । 

उच्च पहाडी क्षेत्रको २ हजार ५०० देखि ५ हजार उचाइसम्म पाइने वन लसुन यार्सागुम्बा सङ्ंकलन सकिएपछि जेठ असारमा सङ्कलन गरिन्छ । लेकमा पाइने वन लसुन घाउ चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा दिइने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने