२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा वर्षाले घर ढले, बस्ती डुबानमा

२० असार २०७८, आईतवार ०६:५९

असार २०, महोत्तरी (रासस)। हेर्दाहेर्दै पानीको तीव्र रेत (बहाव) ले घर ढलेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका उपेन्द्र कापर बेघर हुनुभएको छ । गत मङ्गलबारदेखि लगातार परेको पानीले डुबानमा परेको घर शनिबार गल्र्यामगुर्लुम ढलेपछि कापरको परिवार बिचल्लीमा परेको छ । कापरसँगै सो बस्तीका १५० भन्दाबढी घर डुबानमा परेका छन् ।

लगातारको वर्षाले कच्ची घर बुधबार नै डुबेको कापरले बताउनुभयो । “बर्खामा घर ढल्दा बिजोग त भयो नै, बालबच्चा यो बर्खामा कहाँ राख्नु ?” कापरले भन्नुभयो, “धन्न कसैलाई ढलेको घरले मिचेन ।” डुबानमा परेको घर ढल्नसक्ने छनक आपूmले पाएपछि सचेतता अपनाउँदा ज्यान भने बाँचेको कापरको भनाइ छ । 

बस्तीका मुसहर, चमार र मुसलमानका घर रहेका टोल डुबानमा बढी परेका छन् । “हामी गरीब छौँ, हाम्रो स्वर कसले सुन्ने हजुर !”, बस्तीकै एकल मुस्लिम महिला ऐसा खातुनले भन्नुभयो, “हाम्रो बस्ती शिरानको झिल (सानो ताल) व्यवस्थित नगरी बालु गिट्टी उत्खनन गरिँदा डुबानको समस्या परेको हो ।” जिल्लामा यसपालि गत मङ्गलबारदेखि शनिबारसम्मको अविरल वर्षाले सयौँ पराले झुप्रा लडाएर बिल्लीबाठ बनाएको छ । 

जिल्लामा गहिरा ठाउँका र नदी किनार छेउका बस्ती धेरै डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रमा बलवा नगरपालिकाका भगवतीपुर, भलनी, लेउरी, बञ्चौरी, भङ्गाहा नगरपालिका कविलाशा, सिङ्ग्याहीलगायतका बस्ती रातु नदीको बाढीले डुबानको जोखिममा छन् । त्यसैगरी जलेश्वर नगरपालिकाका धवौली, मलिवारा, महोत्तरी गाउँपालिकाका अनैठा, रतवारा, एकडारा गाउँपालिकाका बगेवासहितका बस्तीमा रातुले ताण्डव मच्चाउँदै आएको जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंह बताउनुहुन्छ । 

यसैगरी जिल्लाको पूर्वी भेग भएर बग्ने कुटमेश्वरी नदी लोहारपट्टी नगरपालिकाको कविरगामा, महोत्तरी गाउँपालिकाको पर्सामोड, अलिपट्टी, जलेश्वर नगरपालिकाको लोचना, मटिहानी नगरपालिकाका सिमरदही र धिरापुरसहितका बस्ती तहसनहस गर्दै भारत पस्दछ । जिल्लामा रातु, जङ्घा, मरहा, ओक्सी, कुटमेश्वरी र बाँके बर्खामा धेरै कटान र डुबान गराउने नदी हुन् । जङ्घा, मरहा र बाँकेले जिल्लाका पश्चिमवर्ती, रातुले पूर्वी र मध्यवर्ती, ओक्सीले मध्यवर्ती तथा कुटमेश्वरीले दक्षिण पूर्ववर्ती भेगमा उत्पात मच्चाउने गरेका विगतदेखिको अनुभव जलेश्वर–५ का बासिन्दा नेपाली काँग्रेसका महासमिति सदस्य बजरङ्ग नेपाली बताउनुहुन्छ । मरहा र बाँकेले गौशाला नगरपालिका र सोनमा गाउँपालिकाका दर्जनौँ बस्ती बर्सेनि कटान र डुबान गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जय ट्रफीमा पुलिसविरूद्ध मयन यादवको अर्धशतक सुनको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ? एमाले केन्द्रीय कमिटीमा खिमलालले भने- मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, के हुँदैछ निर्णय ? प्रधानमन्त्री ओलीले भने- संविधान संशोधन ०८७ मा हुन्छ बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला ओलीलाई गगनको सुझावः मन्त्री कांग्रेसको होस् कि एमालेको, गलत गर्छ भने मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्छ देउवालाई भेट्न बूढानीलकण्ठ पुगे लिङ्देन ‘पटक-पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’: भूकम्पविद् नेप्सेमा सामान्य सुधार, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट भूकम्पका कारण नेपालमा १३ जना घाइते सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु, कस्तो छ बालकको अवस्था ? प्रतियोगिता सकिएको दुई महिनापछि महिला फुटबल खेलाडीले पाए जनही ३ लाख पुरस्कार तिब्बत भूकम्प: ज्यान गुमाउनेको संख्या ९५ पुग्यो (अपडेट) किशोरी बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर जेल चलान त्रिभुवन विमानस्थलबाट ५ तोला भन्दा बढी सुनसहित एक जना पक्राउ आजको भूकम्पबाट नेपालमा मानवीय क्षति भएको छैन: नेपाल प्रहरी नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट दर्ता रास्वपाका नगर उपसभापति एमाले प्रवेश