२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुरमा मदिरा सेवनपछि भएको कुटपिटमा एक जनाको मृत्यु

२०७८, २१ असार सोमबार १५:४६

असार २१, कञ्चनपुर (रासस) । भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीमा मदिरा सेवनपछि भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ ।

कुटपिटपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा ३२ वर्षीय गणेश बोहराको आज मृत्यु भएको हो ।

स्थानीय बासिन्दाका अनुसार बोहरा र प्रकाश पालबीच आइतबार राति मदिरा सेवनपछि भएको विवादमा कुटपिट भएको थियो ।

मदिरा सेवनपछि एकआपसमा कुटपिट भएको भीमदत्त–९ का वडाध्यक्ष राम नाथले बताउनुभयो ।

मृतकका परिवारले बोहराको हत्या भएको भन्दै अनुसन्धानको माग राखेका छन् ।

मृत्युपछि आरोपित पालसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।

बोहराको शव महाकाली अस्पतालमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ