साउन ३०, कावासोती । थारु घरबासका महिला अहिले अङ्ग्रेजी बोलचाल सिक्नमा व्यस्त छन् । 

तीनवर्ष अगाडि नवलपरासीको कावासोती– १५ स्थित अमलटारी गाउँलाई थारु घरबासका रुपमा सञ्चालन गरिएपछि यहाँका महिलामा अङ्ग्रेजी मोह बढेको हो । पाहुनाको स्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, कावासोती । थारु घरबासका महिला अहिले अङ्ग्रेजी बोलचाल सिक्नमा व्यस्त छन् । 

तीनवर्ष अगाडि नवलपरासीको कावासोती– १५ स्थित अमलटारी गाउँलाई थारु घरबासका रुपमा सञ्चालन गरिएपछि यहाँका महिलामा अङ्ग्रेजी मोह बढेको हो । पाहुनाको स्वा"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

थारू महिला अङ्ग्रेजी भाषा सिक्दै

३० श्रावण २०७३, आईतवार ०६:३४

साउन ३०, कावासोती । थारु घरबासका महिला अहिले अङ्ग्रेजी बोलचाल सिक्नमा व्यस्त छन् । 

तीनवर्ष अगाडि नवलपरासीको कावासोती– १५ स्थित अमलटारी गाउँलाई थारु घरबासका रुपमा सञ्चालन गरिएपछि यहाँका महिलामा अङ्ग्रेजी मोह बढेको हो । पाहुनाको स्वागत–सत्कारदेखि खाना र बासका लागि महिलाले नै बढी काम गर्ने भएकाले उनीहरुलाई अमलटारी थारु घरबासले प्रशिक्षक नियुक्ति गरेर अङ्ग्रेजी सिकाएको होम स्टेका व्यवस्थापक धनीराम गुरौले जानकारी दिनुभयो । 

“नब्बे दिनको सामान्य अङ्ग्रेजी बोलचालको अभ्यास गराएका छाँै” व्यवस्थापक गुरौले भन्नुभयो – “विदेशी पाहुनाको सङ्ख्या वर्षका ६०० का हाराहारीमा आउँछन् । उनीहरुका लागि अङ्ग्रेजी चाहियो, त्यसैले सिकाएका हौँ ।” घरमा बस्दा पाहुनासँग बोल्ने गर्दा उनीहरु रमाउने र हाम्रो संस्कृति बुझाउन सकिने भएकाले अङ्ग्रेजी बोलचाल प्रभावकारी भएको होम स्टे सञ्चालक धनमाया महतोले बताउनुभयो । 

प्रकृति पथप्रदर्शक रुपमा समेत काम गरी अङ्ग्रेजी भाषामा दख्खल राख्ने धनबहादुर मर्दनियाले ३० थारु महिलालाई अङ्ग्रजी सिकाउनुभएको छ । सरकारले अमलटारी गाउँलाई पर्यटकीय गन्तव्य गाउँ घोषणा गरेको छ । 

थारु महिलासँगै बोटे समुदायका पाँच महिला पनि यहाँ अङ्ग्रेजी सिक्छन् । बोटे संस्कृतिको पनि प्रस्तुति हुने भएकाले उनीलाई अङ्ग्रेजी कक्षामा सहभागी गराइएको व्यवस्थापक गुरौले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला