२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा आठ दिन निषेधाज्ञा थपियो

२०७८, १५ श्रावण शुक्रबार १६:०३

 साउन १५, कर्णाली  (रासस) । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको सङ्क्रमण दर पुनः बढ्न थालेपछि यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ । 

सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) ले दिएको अधिकार प्रयोग गरी प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आज राति १२ बजेदेखि लागू हुने निषेधाज्ञालाई निरन्तरता दिनुभएको हो । पछिल्लोपटक यही साउन २२ गते राति १२ बजेसम्म (आठ दिन) का लागि निषेधाज्ञा थप गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, इन्धन, खानेपानी, सार्वजनिक तथा वित्तीय निर्माण कम्पनीसम्बन्धी कार्यहरु, बैंक तथा वित्तीय संस्थाहरुलाई निर्वाध सञ्चालन गर्न सकिने छ ।

तरकारी फलफूल, दुग्धजन्य पदार्थ बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म, खाद्यान्न पसल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म खोल्न सकिने समयावधि निर्धारण गरिएको छ ।  सार्वजनिक सेवा प्रवाह गर्ने र विकास निर्माणसँग सम्बन्धित कार्यालयहरुले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने, होटल तथा रेस्टुरेन्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गर्ने गरी खुकुलो मापदण्ड बनाएको छ । निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सजाय हुने उल्लेख गरिएको छ । 

जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सबै तहका परीक्षा सञ्चालन गर्न, सार्वजनिक यातायातका यात्रुलाई अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न उत्पे्ररित गर्नुपर्ने, विवाह, ब्रतबन्ध, मृत्यु संस्कारजस्ता सामाजिक कार्यमा २५ जनामा सीमित रहेर सम्पन्न गर्नुपर्ने, मठ–मन्दिर, गुम्बा, मस्जिदलगायतका धार्मिक स्थलमा पुजारीले नित्यकर्मबाहेक सामूहिक पूजापाठ, मेला महोत्सव नगर्न प्रशासनले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने