साउन ३१, ओखलढुंगा | Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३१, ओखलढुंगा |

२०८२, २१ चैत्र शनिबार
ओखलढुङ्गा - OKL

सिद्धिचरण नगरपालिकाका काका राजन घिमिरेको विदाई

२०७३, ३१ श्रावण सोमबार ०२:३२


साउन ३१, ओखलढुंगा | ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका कार्यकारी अधिकृत राजन घिमिरेको विदाई गरिएको छ । विगत करिब २ वर्षदेखि ओखलढुंगामा कार्यरत कार्यकारी घिमिरे अध्ययनका लागि जापान जानुहुने भएपछि जिल्लाबाट विदाई गरिएको हो । 

कर्मचारी मिलन केन्द्र सहित जिल्लाका विभिन्न निकायले विषेश कार्यक्रम गरेर २० महिना सम्म जिल्लाबसाईका क्रममा घिमिरेले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै विदाई गरेका छन् ।  

‘विकास भनेको सम्भावना जति छ त्यति गर्ने हो, उहाँको पालामा पनि अपेक्षीत हुन सक्यो सकेन त्यो फरक पाटो हो, तर उहाँले सरल रुपमा सबैलाई मिलाएर काम भर्नुभयो’ नेपाली कांग्रेसका नेता रुद्र अधिकारीले भन्नुभयो‘घिमिरेलाई विदाई गर्दैगर्दा धेरै नगरबासीका आँखा रसाएका छन्,त्यो उहाँको योगदानको मूल्याङ्कन हो’ विकासे कार्यालयमा बढि बोल्ने भन्दा पनि कम बोल्ने र सकेसम्म धेरै काम गर्ने व्यक्तीको खाँचो पर्ने भन्दै त्यो गुण घिमिरेमा रहेको अधिकारीको भनाई छ ।

यसैविच ओखलढुंगाबाट विदाई हुँदैगर्दा सिद्धिचरण नगरपालीकाका काका घिमिरेले ओखलढुंगा बसाईका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । ‘सबैक्षेत्र र निकायबाट राम्रो सहयोग पाएँ सबैलाई धन्यवाद दिन चाहान्छु’ घिमिरेले भन्नुभयो‘सबैलाई खुःसी पार्न सकिएन होला तर बहुमत जनता खुःसीछन्,जागिर अबधिमा ओखलढुंगा बसाई निकै नै अविश्मरणीय रह्यो ।’ घिमिरे केहि दिन पछि अध्ययनका लागि जापान जानुहुने छ ।

नगरपालकाको भवन निर्माण,नगरपालिकाको आधारभुत विकास,लगाएतका काम अपेक्षीत हुन नसकेको र केहि केहि विषयमा घिमिरेले देखाएको मौनताको नगरबासीले खुलेरै टिक्का टिप्पणी पनि गरिरहेका छन् । सदरमुकामका दुई बजारबासी बिचको विवाद बढेपछि घिमिरेले नगरपालीकाको भवन निर्माणको कामलाई अगाडि बढाउन सक्नुभएको थिएन् । विवाद समाधान गर्ननसक्दा भवन निर्माणका लागि आएको करोडौँ बजेट फ्रिज भएपछि नगरपालीकाले समनवय गर्न नसकेका कारण यस्तो भएको कतिपयको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने