पूर्णप्रसाद न्यौपाने | साउन ३१, ओखलढुंगा | ‘अनुशासन नै राष्ट्र सेवाको मुलजड हो’ भन्ने मुलनाराका साथ ओखलढुंगामा जुनियर डिभिजन तालीम सुरु भएको छ । राष्ट्रिय सेवादल मार्फत सञ्चालन हुने तालीम   सदरमुकाम स्थित सगर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने | साउन ३१, ओखलढुंगा | ‘अनुशासन नै राष्ट्र सेवाको मुलजड हो’ भन्ने मुलनाराका साथ ओखलढुंगामा जुनियर डिभिजन तालीम सुरु भएको छ । राष्ट्रिय सेवादल मार्फत सञ्चालन हुने तालीम   सदरमुकाम स्थित सगर"/>
२८ पुष २०८२, सोमबार
ओखलढुङ्गा - OKL

ओखलढुंगामा जुनियर डिभिजन तालीम सुरु

३१ श्रावण २०७३, सोमबार ०३:४७

पूर्णप्रसाद न्यौपाने | साउन ३१, ओखलढुंगा | ‘अनुशासन नै राष्ट्र सेवाको मुलजड हो’ भन्ने मुलनाराका साथ ओखलढुंगामा जुनियर डिभिजन तालीम सुरु भएको छ । राष्ट्रिय सेवादल मार्फत सञ्चालन हुने तालीम   सदरमुकाम स्थित सगरमाथा जनता उच्च माध्यमीक विद्यालयमा आईतबारबाट सुरु भएको हो ।


नेपाली सेनाको शम्शेरदल गण ओखलढुंगाले सगरमाथा जनता उच्चमाध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सैन्य तालीम दिन सुरु गरेको हो । कुल सय दिन सम्म सञ्चालन हुने तालीम अन्तरगत ७९ दिन ओखलढुंगामा र अन्तमा २१ दिन मोरङमा हुने छ । विगत लामो समयदेखि सञ्चालन हुँदै आएको राष्ट्रिय सेवादल अन्तरगतको सैन्य तालीम चालु आर्थीक वर्षमा नेपालका ६६ जिल्लाका ८९ वटा विद्यालयका ४ हजार जना छात्रा छात्रहरुलाई दिने सरकारको लक्ष्य अनुसार ओखलढुंगामा पनि तालीम सुरु गरिएको शम्शेरदल गण ओखलढुंगाका प्रमुख सेनानी सञ्जीत श्रेष्ठले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई अनुशासित,सफल नेतृत्वकार्ता र ईमान्दार बन्न र सफल जिवन जिउनका लागि तालीमले अवसर प्रदान गर्ने उहाँको भनाई छ ।

तालीममा ओखलढुंगामा १८ जना छात्र र १८ जना छात्रा गरी कुल ३६ जना सहभागि छन् । सहभागिहरुलाई शारीरिक व्याम,मास पि.टी.तेक्वान्दो पि.टी.खालीहात ड्रिल,खुकुरी ड्रिल,सेरिमोनियल ड्रिल,फिल्ड क्राफ्ट,ब्बयाटल क्राफ्ट,नक्शा अध्ययन,कम्पास,जिपिएस लगाएतका विषयहरुमा तालीम दिईने शम्शेरदल गण ओखलढुंगाले जनाएको छ । तालीम उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी,स्थानिय विकास अधिकारी यज्ञबहादुर खत्री,जिल्ला प्रहरी प्रमुख दिपेन्द्र शाह,शसत्र प्रहरी,अनुसन्धान,जिल्ला शिक्षा कार्यालय लगाएतका निकायमा प्रमुख तथा प्रतिनिधी,पत्रकार,सञ्चारकर्मी,शिक्षक,विद्यार्थी अभिभावक लगाएतको उल्लेख्य उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन