२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

वडाध्यक्षहरूबाटै विदुर नगरपालिकाको कार्यालयमा तोडफोड

२०७८, १८ श्रावण सोमबार १५:५३

 साउन १८, त्रिशूली (रासस) । नुवाकोटको विदुर नगपालिकामार्फत सञ्चालित ‘सुन्तला जात फलफूल पकेट विकास कार्यक्रम’ मा अनियमितता भएको भन्दै वडाध्यक्षहरूबाटै नगरपालिकामा तोडफोड गरिएको छ । नेकपा (एमाले)बाट निर्वाचन नगरप्रमुख सञ्जु पण्डितको सिफारिसमा वडा नं १३ मा सञ्चालित ‘पकेट विकास कार्यक्रम’मा तोकिएअनुसार सुन्तला र कागतीको बिरुवा वितरण नभएको पाइए पनि बजेट भुक्तानी गरेको विरोधमा नेपाली कांग्रेस समर्थित छजना वडाध्यक्षहरूको नेतृत्वमा नगरपालिकामा तोडफोड गरिएको हो ।

ढुङ्गा प्रहारबाट नगरपालिकाको झ्यालका सिसाहरू, विद्युतीय सूचना बोर्डलगायत बाहिरी संरचनासमेत गरेर रु एक लाख बराबरको क्षति पुगेको नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

नगरपालिका तोडफोडका क्रममा भएको झडपमा दुईजना प्रहरीसहित चारजना घाइते भएका छन् । पकेट विकास कार्यक्रमका लागि विना प्रतिस्पर्धा नेकपा एमालेबाट १३ नंं का वडाध्यक्षमा पारजित नानीकाजी खड्का अध्यक्ष रहेको ‘कल्याणपुर कृषि सुधार बहुउद्देश्य सहकारी’ मार्फत काम गरेको, फर्जी कागज बनाएर रु १३ लाख बजेटबाट पहिलो चरणमा साउन १४ मा रु छ लाख ९८ हजार भुक्तानी दिएकाले विरोध गर्नु परेको वडाध्यल दलबहादुर तामाङले बताउनुभयो ।

पकेट कार्यक्रममा अनियमितता भएको उजुरी दिँदासमेत बजेट भुक्तानी भएपछि त्यसको जानकारी माग गर्न आउँदा प्रहरीबाट धरपकड भएकाले झडपको अवस्था आउनु दुःखद अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।

सुन्तला जात फलफूल पकेट विकास कार्यक्रमको लागि रु १३ लाखको कार्यक्रममा तोकिएको सङ्ख्याभन्दा निकै कम बिरुवा वितरण भएकाले रकम भुक्तानी नहुने बताए पनि भएको कामका आधारमा एवम् स्थलगत मूल्याङ्कनमार्फत भुक्तानी दिइएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिनुभयो । उक्त कार्यक्रमको सम्बन्धमा यसअघि कामको प्रभावकारी नभएको उजुरी परेकाले स्थलगत छानबिनमा कैफियत पाइएसँगै बजेट भुक्तानी रोकिँदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने