१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

लेखानीमा झोलुङ्गे पुल, एक घण्टाको बाटो दश मिनेट

२२ श्रावण २०७८, शुक्रबार ०७:१९

तारानाथ आचार्य,  साउन २२, बलेवा (रासस) । बागलुङको काठेखोला गाउँपालिका– ८ लेखानीका दुई गाउँ जोड्ने अग्लो र लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पगेको छ । लेखानी र कादेश गाउँ जोड्नेगरी निर्माण भइरहेको पुलको अधिकांश काम सकिएको हो । 

पूर्वाधार विकास कार्यालय बागलुङले लेखानीदेखि कादेश जोड्ने ३५९ मिटर लामो र खोलाको पानी सतहदेखि ९५ मी अग्लो पुल बनाएको हो । यो पुलले कादेशका झण्डै ४०० घरपरिवारलाई वडा कार्यालय, स्वास्थ्य चौकी र लेखानी माविमा जोड्छ ।

गण्डकी प्रदेश सरकारको दुई करोड ९३ लाख ८५ हजार ६५० रुपैयाँको लागतमा यो पुल तयार हुन लागेको हो  । इञ्जिनीयर कृष्ण गौतमका अनुसार पुलको तारबार लगाउने तथा डेक राख्ने काम बाँकी छ । विसं २०७६ को जेठमा सम्झौता भए पनि कोरोना सङ्क्रमणले छ महिना म्याद थपेको मुक्तिनाथ निर्माण सेवाले केही समयमै कामसक्ने आश्वासन दिएको छ । 

घुमाउरो बाटोले एक घण्टा लाग्ने गरेकामा यो पुलले १० मिनेटमै लेखानी आउन सकिने जनाउँदै स्थानीय लालकुमारी पुनले खुशी व्यक्त गर्नुभयो । “लेखानी गाउँमै तरकारी पठाउनुपर्दा पनि गाडी चाहिन्थ्यो, अब डोकोमै बोकेर पनि छिट्टै पठाउन सकिने भयो”, उहाँले भन्नुभयो, “गाउँपालिका केन्द्र जान झनै सजिलो भएको छ ।” यो बाटो छोटिएपछि पालिका केन्द्र आइपुग्न एक घण्टा छोटो हुने उहाँले बताउनुभयो ।

दुई वर्षअघि वर्षात्मा यहाँ खसेको पहिरो र खोलाको बाढीले लेखानीदेखि कादेश जोड्ने सडक क्षत्विक्षत थियो । खोलाको पुरानो झोलुङ्गे पुल पनि बगेपछि लेखानी मावि आउने विद्यार्थीलेसमेत सास्ती खेपेका थिए ।

खोला तर्न नसक्ने भएकाले अभिभावकले छोराछोरी पठाउन पनि सकेका थिएनन् । साउन र भदौ महिनामा धेरै बालबालिका विद्यालय आउनै नसक्दा पढाइ अवरुद्ध थियो । यो पुल बनेपछि भने सहजै यात्रा गर्न सकिने भएको हो । 

पछिल्लो समय अग्ला र लामा पुल बनाउन नेपाली प्राविधिक नै सक्षम भएको सो कार्यालय  प्रमुख सोभियत खड्काले जानकारीदिनुभयो । “यस्ता पुल निर्माण हुँदा विद्यालय र बजार छोटिएर स्थानीयले सुख पाएका छन्”, उहाँले भन्नुभयो, “घण्टौँ हिँड्नुपर्ने बाटो १० मिनेटमा छोटिँदा बुढापाकालाई उपचारमा पहुँचसमेत बढेको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का