२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ : स्थानीयवासीको सक्रियतामा लिफ्टमार्फत खानेपानी

१ भाद्र २०७८, मंगलवार ०२:३७

भदौ  १, गलकोट (रासस) । बागलुङ नगरपालिकाको बजार क्षेत्रभित्रै खानेपानीको चरम अभाव खेप्दै आएका उपल्लो पाखाथरका ५० घरमा खानेपानीको सहज सुविधा पुगेको छ । 

लामो  समयदेखि बत्ती मुनीको अँध्यारोजस्तै बनेर खानेपानीको समस्या भोग्दै आएका उपल्लो पाखाथरका स्थानीयवासीले आफैँ जागरुक भएर खानेपानी योजना सम्पन्न गरेका छन् । यसमा बागलुङ नगरपालिकाले पनि सहयोग गरेको थियो । योजना नबन्दासम्म स्थानीयवासीले कुवा र मूलको पानीमा निर्भर हुनुपर्ने बाध्यता थियो । तर अब यस्तो बाध्यता लिफ्ट खानेपानी आयोजना सम्पन्न भएसँगै सकिएको स्थानीयवासी उपभोक्ता बताउँछन् । स्थानीय उपभोक्ताले रु १५ लाख सङ्कलन गरी खत्रीबारीमा ७५ हजार लिटरको खानेपानी ट्याङ्की निर्माण गरेका थिए । 

पँधेराघरको पानीलाई १०० मिटरमाथि खत्रीबारीमा लिफ्ट प्रविधिमार्फत लगेर ५० घरमा ‘एक घर, एक धारा’ निर्माण गरेका छन् । योजना सम्पन्न भएपछि सोमबारदेखि घरघरमै खानेपानी पुगेको सामुदायिक खानेपानी तथा उपभोक्ता संस्था उपल्लो पाखाथरका अध्यक्ष कुमारविक्रम क्षेत्रीले जानकारी दिनुभयो । क्षेत्रीका अनुसार योजनाको पाइप लाइन विस्तारका लागि भने बागलुङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा रु आठ लाख बजेट विनियोजन गरेको थियो ।

 “विसं २०३८ मा  जुरेढुङ्गाको मूलको पानी सामुदायिक धारामार्फत खाने गरिन्थ्यो, अहिले त्यहाँबाट सानो पानी आउँछ, खानेपानीको अभाव झेल्दै आएका स्थानीयवासीले उपल्लो पाखाथर टोल विकास संस्थामा आवद्ध भई नयाँ घरले रु ४१ हजार र पुरानो घरले रु २६ हजार सङ्कलन गरी रु १५ लाख जुटाएर लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्न लागेका थियौँ”, क्षेत्रीले भन्नुभयो, “प्राविधिक सहयोग गर्दै आएको नगरपालिकाले रु आठ लाख बजेट विनियोजन गरेपछि आयोजनाले सार्थकता पायो ।” उपल्लोपाखाथर बागलुङ नगरपालिका–३ र ४ वडामा पर्दछ ।

जिल्ला सदरमुकामवासी भएर पनि पुरानो पानीकोे मुहान सुक्दै गएपछि कुवाको पानीमा निर्भर बन्नुपर्ने अवस्थाको अन्त्य भएको र घरमै खानेपानीको धारा आउँदा स्थानीयवासीमा खुशी छाएको उपभोक्ता  धनबहादुर जिसी बताउनुहुन्छ ।

बस्तीभन्दा मुहान तल भएका कारण १०० मिटरको उचाइमा पम्पमार्फत खानेपानी पु¥याएर घरघरमा वितरण गरिएको बागलुङ नगरपालिकाका इञ्जीनियर गौरव शर्माले जानकारी दिनुभयो । “उपभोक्ताकै सक्रियतामा खानेपानी निर्माण भएको हो, नगरपालिकाले प्राविधकि सहयोग गरेको थियो, गत वर्ष नगरपालिकाले खानेपानी आयोजना सार्थकता दिन रु आठ लाख विनियोजन गरेर काम सम्पन्न भएको छ”, इञ्जीनियर शर्माले भन्नुभयो, “मुहानको स्रोत कम हुँदा लिफ्टमार्फत खानेपानी पु¥याइएको हो, अहिले घरमा मिटर जडानसहितको धारो छ ।”

खानेपानी ट्याङ्कीबाट थप २५ घरमा खानेपानी वितरण गर्ने उपभोक्ता समितिको लक्ष्य छ । पन्ध्र लाख सामुदायिक खानेपानी समितिबाट सङ्कलन गरे पनि नगरपालिकाको रु आठ लाखको काम भने उपल्लोपाखाथर लिफ्ट खानेपानी आयोजनामार्फत सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष खिमराम ढुङ्गानाले बताउनुभयो । खानेपानीको अभावमा त्यहाँका स्थानीयवासीले बसाइँसराइ गर्दै आएका थिए भने त्यहाँ जग्गा खरिद भए पनि खानेपानीको अभावमा घर निर्माण कार्य रोकिएका थिए । 

पाँच मुललाई केद्रित गरेर मात्रै खानेपानी आयोजना सम्पन्न भएको छ । पच्चीस एमएमको पाइपमा जुरेढुङ्गाको मुहानबाट सोझै सङ्कलन ट्याङ्कीमा आएको छ भने पधेराघर, रिठाकोटसहितका कुवाको पानीलाई लिफ्टमार्फत् ४० एमएमको पाइपबाट माथि लगिएको हो ।

हिउँदको समयमा चार घण्टा र बर्खाको समय चार घण्टा मात्रै खानेपानी लिफ्ट गरेमा सबैलाई खानेपानी पुग्नेछ । खानेपानी उपभोग गरेवापत विद्युत् महसुल र मर्मतसम्भारका लागि मासिक रु २०० उपभोक्ताले खानेपानी उपभोक्ता समितिलाई तिर्नुपर्ने प्रावधान बनाइएको छ । उपभोक्ताले आवश्यकतानुसार घरमा धारो निर्माण गर्न सक्नेछन् । पचासमध्ये दुईवटा सामुदायिक धारासमेत निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की