दान बहादुर बुढा | साउन ३२, मुग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा | साउन ३२, मुग "/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सडक अवरुद्ध हुँदा मुगुमा दैनिक उपभोग्य सामानको अभाव

३२ श्रावण २०७३, मंगलवार ०१:३६


दान बहादुर बुढा | साउन ३२, मुग | दुई महिनाबाट लगातर भएको अबिरल बर्षाका कारण नाग्म गमगढी सडक खण्डको हजारौ ठाँउमा पहिरो जाँदा सडक अवरुद्ध हुँदा मुगुको गमगढी बजार लगाएत गाँउ-घरमा हिजोआज दैनिक उपभोग्य सामानको अभाब रहेको छ ।

लगातार बर्षातको कारण जुम्ला जिल्लाको बाजागाडा, कोईरेली, चुलेलगाँउ, बैरागीडाडा, बातामालीकाको केही भाग मुगु जिल्लाको घुच्ची लेखमा रहेको ७ मोड तिर पिना, झयारी खोला, टोप्ला गाँउ, मैथुडाडा, तलितुम गमगढी बजार जुम्ली मन्दिर लगायतका हजारै ठाउमा सडक अबरुद्घ भएको मुगु उद्योग वाणिज्य संघ मुगुका महासचिब नृपेन्द्र बहादुर मल्लले बताएका छन । 

हिजो आज गमगढी बजारमा रहेका पसलहरुमा मानिसहरुलाई दैनिक आबश्यक वा चाहिने सामानहरु एकदम कमैमात्तामा पाइन थालेका छन ।

सबै भन्दा बजारमा सकिएको सामान चिनी, तेल, चामल, दाल, नुन, पियप्रदार्थ, चाउचाउ, बिस्कुट, बर्षातको समयमा चाहिने छाता, त्रिपाल, प्लाष्टीक, जुता चप्पल, लगायतको सामाको अभाब देखीएको छ ।


गाडी नचलेको २ महिना पुगी सकेको छ बिच बिच बाटोमा माल ल्याएका आएका गाडीहरु बाटोमानै रहेका छन यता बजारमा अहीले सम्पूण सामानको अभाव रहेको चन्द्र टेड्स एण्ड सप्लायस र्फमका मालिक रबि रावतले बताएका छन ।

अवरुद्घ सडक हटाउनको लागी सडक डिभिजन कार्यालय जुम्ला लाई लागातर पत्र र फोन मार्फत घच घचेउदा बल्ला बल्ला बिग्रोको सडक खुलाउको लागी पठाईएको डोजर अहीले सडक सुलाउदै ताल्चा बिमान स्थल नजिकै पुगी सकेको छ केही दिनमै गमगढी बजार सम्म सडक खुल्ने प्रमुख जिल्ला अघिकारी केशव शर्माले बताएका छन । सडक डिभिजन कार्यालय जुम्ला गत आबमा करोडै  रुपैयाको सडक मर्मत सडकको सागरा मोडहरु फराकीले बाउन ,ढल निकासा सडक ग्यारेबल गिट्टी बिछाउनकोलागी लगानि गरे पनि गुणस्थरको सडक नहुदा एकातिर सरकारको बजेट सकिने अर्कोतिर सडक गुणस्थर नहुने मुगुका ब्यापारी नृपेन्द्र बहादुर मल्लले बताएका छन ।

अबिरल बर्षातको कारण नाग्म गमगढी सडक खण्ड २ महिना बाट अवरुद्घहुदा यात्रुहरुलाई मुगु हुदै सुरर्खेत ,नेपालगंज काठमाडौ  आवत जावत गर्न तथा बिरामिलाई ठूलो समस्या भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन