२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा बेरुजु,सबैभन्दा बढी ढोरपाटनमा

२०७८, ६ भाद्र आईतवार ०८:४३

भदौ ६, बलेवा (रासस) । बागलुङको दुई स्थानीय तहको बेरुजु फछर्यौटमा केही सुधार आएको छ । महालेखा परीक्षकको कार्यालयले यसअघि सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा धेरै बेरुजु देखिएका बागलुङका बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा भने बेरुजु प्रतिशतमा करेक्सन (सुधार) गरेका हुन् । 

आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदनमा बरेङमा ५.२२ प्रतिशत र ताराखोलामा ५.२० प्रतिशत बेरुजु देखिएकोमा आव २०७६/०७७ मा त्यसलाई सुधार गर्दै बरेङमा ०.४२ प्रतिशत मात्रै बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । यो जिल्लाका १० वटै स्थानीय तहमा देखिएको बेरुजुमध्ये सबैभन्दा कम हो । बरेङमा रु ६६ करोड ३७ लाख ३९ हजार लेखा परीक्षण हुँदा रु २७ लाख ७६ हजार बेरुजु देखिएको छ ।

ताराखोला गाउँपालिकाले अघिल्लो प्रतिवेदनमा भन्दा धेरै सुधार गरेको छ । ताराखोलामा १.६१ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । जिल्लाका १० स्थानीय तहमध्ये ढोरपाटन नगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा ढोरपाटन नगरपालिकामा ६.७६ प्रतिशत रकम बेरुजु देखिएको हो । 

आव २०७६/०७७ मा ढोरपाटन नगरपालिकामा छ करोड २५ लाख १८ हजार रुपैयाँ बेरुजु देखिएको छ । बेरुजु धेरै हुनेमा बागलुङ नगरपालिका दोस्रो बनेको छ । बागलुङ नगरमा १.६४ प्रतिशत बेरुजु देखिएको छ । बागलुङमा रु दुई अर्ब पाँच करोड ६५ लाख ३४ को लेखा परीक्षण रकम रहेकामा रु तीन करोड ३६ लाख ३७ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । काठखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा समान १.६१ प्रतिशत बेरुजु देखिएको छ । जैमिनीमा नगरपालिकामा १.१४ प्रतिशत बेरुजु छ ।

तमानखोला गाउँपालिकामा १.५१ प्रतिशत बेरुजु देखिएको छ । ४९ करोड ९३ लाख ७१ हजार लेखा परीक्षण रकम रहेकामा ७५ लाख ५९ हजार रुपैयाँ बेरुजु देखिएको छ । निसीखोला गाउँपालिकामा ०.९४ प्रतिशत बेरुजु देखिएको छ । ७५ करोड ७४ लाख नौ हजार लेखा परीक्षण रकम रहेकामा ७१ लाख २६ हजार रुपैयाँ बेरुजु देखिएको छ । गलकोट नगरपालिकामा ०.८७ प्रतिशत बेरुजु देखिएको छ ।

रु एक अर्ब ३३ करोड ७६ लाख ४८ हजारको लेखा परीक्षण हुँदा रु एक करोड १६ लाख ६० हजार बेरुजु देखिएको छ । बडिगाड गाउँपालिकामा ०.७२ प्रतिशत बेरुजु देखिएको छ । त्यहाँ एक अर्ब २४ करोड ४९ लाख छ हजार लेखा परीक्षण रकम रहेकामा ८९ लाख ९२ हजार रकम बेरुजु देखिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने