४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

रोकिएन कुखुरा र माछाको तस्करी

२८ भाद्र २०७८, सोमबार ०९:४९

भदौ २८, राँझा (रासस)। भारतबाट अवैध रुपमा कुखुरा र माछाको तस्करी हुँदा बाँकेका व्यवसायी मारमा परेका छन् । नेपाल–भारत सीमाको मुख्य नाका जमुनाह हुँदै भारतबाट खुलारुपमा कुखुरा, अण्डा र माछा तस्करी हुँदै आएको छ । 

नेपाली बजारका तुलनामा भारतमा कुखुरा, अण्डा र माछाको मूल्य कम भएकाले नाफा कमाउन तस्करी हुँदै आएको कुखुरा व्यवसायी सङ्घका जिल्ला अध्यक्ष लालबहादुर खत्रीले बताउनुभयो । व्यापारीले चोरीको बाटो प्रयोग गर्दै तस्करी गर्ने गरेका छन् । नेपालगञ्ज, खजुरा तथा कोहलपुरमा भारतबाट तस्करी गरी ल्याइएको कुखुरा र माछा बिक्रीवितरण भइरहेको छ ।   

जानकी गाउँपालिका–१, साइगाउँ र खजुरा गाउँपालिका–१, राधापुर क्षेत्रबाट ठूलो परिमाणमा कुखुरा, चल्ला र माछा तस्करी हुनेगरेको पाइएको छ । यसरी तस्करी गरिएको कुुखुरा र माछालाई नेपाली उत्पादन भन्दै बिक्री भइरहेको खजुरा –२, सीतापुरका कुखुरा व्यवसायी लक्ष्मीबहादुर थापाले बताउनुभयो । ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिक रुपमा ठूलो मात्रामा भारतीय कुखुरा र माछा नेपाल ल्याउन नरोकिएपछि आफ्नो व्यवसाय धरापमा परेको  उहाँको भनाइ छ । बाँके र बर्दियाका विभिन्न नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली किसान समस्यामा परेका छन् । 

भारतमा बेलाबखत फैलिने बर्डफ्लुलगायत पक्षीजन्य रोग नेपाल भित्रिने जोखिम भएका कारण सरकारले भारतीय कुखुरा, अण्डा र चल्ला आयातमा प्रतिबन्ध लगाएको छ । नेपालगञ्जस्थित पशु क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी इन्दु रेग्मीले भारतीय माछा मासु तथा पक्षीजन्य वस्तु आयात रोक्न आफूहरु क्रियाशील रहेको बताउनुभयो । सम्भावित चोरी निकासी हुने ग्रामीण क्षेत्रमा समेत पुगेर सुरक्षाकर्मीका सहयोगमा दैनिकजसो गस्ती गर्ने गरेको उहाँको जिकीर छ । 

पशु क्वारेन्टाइनले आर्थिक वर्ष २०७८÷७९ साउनदेखि हालसम्म अवैध रुपमा ल्याइएको २२२ किलो तयारी माछा, तीन हजार माछाका भुरा, २७० ब्रोइलर कुखुरा, आठ हजार ७९१ कुखुराका चल्ला र कुखुराको मासु १५० किलो नष्ट गरिएको रेग्मीले बताउनुभयो । भारतीय ब्रोइलर कुखुरा, चल्ला, मासु र माछा भित्र्याउनेलाई कारवाही गर्ने क्रममा कार्यालयले चालु आवको हालसम्ममा रु पाँच लाख ६१ हजार राजस्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ