वैशाख ३, विर्तामाड (सास) । नयाँ वर्ष २०७३
को उपलक्ष्यमा झापा लिग विजेता न्युस्टार क्लब गरामनीले शुक्रबारदेखि जिल्ला स्तरीय फुटबल प्रतियोगिता
शुरु गरेको छ ।
शुक्रबार
भएको उद्घाटन खेलमा सुरुङ्गा फुटबल क्लबले आयोजक न्यु स्टार फुटबल क्लबलाई ३–० गोल अन्तरले हराउँदै
स्तब्ध बनाएको छ ।
न्युस्टार क्लबका अध्यक्ष गोपाल घिमिरेको सभापतित्वमा भएको उद्घाटन खेलमा एकराज कार्कीकोे
प्रमुख आतिथ्य रहेको थियो । खेलको औपचारिक कार्यक्रमको सञ्चालन सञ्चारकर्मी मदन भण्डारीले गरे
।
खेलको म्यन अफ दि
म्याच सुरुङ्गा फुटबल क्लबका सरोज कार्की घोषित भए । शनिबारको खेल एपिएफ, दमक र विर्तामोड फुटबल क्लब
बीच हुने आयोजक समितिका भुमी बस्नेतले जानकारी दिए ।
बैशाख १० गतेसम्म चल्ने प्रतियोगितामा ८ टीमको सहभागिता छ ।