२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपालगञ्ज उपमहानगरका आधा व्यापार व्यवसाय दर्ता विनै सञ्चालनमा

२३ कार्तिक २०७८, मंगलवार ०७:२७

कात्तिक २३, नेपालगञ्ज | नेपालगञ्ज उप–महानगरपालिकाभित्र सञ्चालनमा रहेका आधाभन्दा बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आइतबार नेपालगञ्जमा सार्वजनिक गरेको व्यवसायिक वातावरण सर्वेक्षण तथ्यांक विश्लेषण निदान कार्यशालामा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार नेपालगञ्ज उपमहानगरमा सञ्चालनमा रहेका सात हजार एक सय ८७ पसलव्यवसायमध्ये आधा दर्ताविनै सञ्चालन भएको उल्लेख छ ।

नेपालगञ्ज उपमहानगरका प्रमुख डा. धवलशम्शेर राणाले उपमहानगरका उद्यमीलाई टेवा दिने र नयाँ उद्यमीलाई प्रवर्द्धन गर्न जीआइजेडसँग सहकार्य गरेर कार्यक्रमको तयारी गरिरहेको जानकारी दिए । उनले भने, ‘अहिले पाइलट प्रोजेक्टको रुपमा काम सुरु गरेका छौ‌ । चाँडै सम्झौता गरेर कार्यक्रम सञ्चालन हुनेछ ।’

उनले जनप्रतिनिधिलाई विकास भनेको भौतिक पूर्वाधार मात्र हो भन्ने धारणाबाटमाथि उठेर उद्यम व्यावसायले पनि विकासको स्वरुप लिन सक्छ भन्ने सन्देश दिन कार्यक्रम सञ्चालनमा ल्याउन लागेकाे बताए । 'नेपालगञ्जका उद्यमी नेपालगञ्ज मै रोजगारी भन्ने नाराका साथ पाइलट प्रोजेक्टका रुपमा कार्यक्रम सुरुवात गरेको र चाँडै नै दुबै पक्षबीचको सम्झौता गरी कार्यान्वयनमा ल्याईने तयारी भइरहेको उनले बताए ।

कार्यक्रममा जीआईजेडका प्राविधिक सल्लाहकार डा. कल्याण गौलीले व्यवासाय स्थापना गरिने तर त्यसको सन्चालन, बजार आदिको बारेमा जानकारी नहुँदा सुरू गरेको केही वर्षभित्रै बन्द गर्ने परिपाटी बढी भएको कारणले व्यवसाय छनौट गर्न सिकाउँदै सञ्चालनका तौरतरिका पनि जानकारी गराइने बताए ।


‘व्यावसाय सन्चालनका लागि स्थापना गरेको दुई वर्षभित्र अधिकांश उद्योग व्यवसाय बन्द भएको पाइएको छ । धेरैजसो व्यावसाय देखासिखी गरेर सञ्चालन गरिएको छ ।’ अध्ययनको तथ्याङ्क सार्वजनिक कार्यक्रममा डा. गौलीले भने । 

सो कार्यक्रममा जीआईजेडका दिप्ती खकुरेलले कोभिड–१९ कारण सर्वेक्षण गर्नको लागि घर–घरमा जान असंभव भएपछि फोनको माध्यामबाट एक हजार सात सय ८७ जनासँग कुरा गरी तथ्याङ्क तयार पारिएको बताइन ।

कार्यक्रममा जीआईजेडका डा. तेजहरी घिमिरे, अन्तरप्रेरणा कार्यक्रमका निर्देशक निरोज खनाल लगायतले नेपालगञ्ज उपमहानगरमा व्यवसायीक वातावरण सर्वेक्षण तथ्याङ्क विश्लेषणको विभिन्न आयामहरु प्रस्तुत गरेका थिए । यस कार्यक्रम अन्तर्गत च्याउ पकेट क्षेत्र, प्रांगारिक वा जैविक मल उत्पादन प्रवद्र्धन कार्यक्रमलगायत रहनेछन् । कार्यक्रममा उपमहनगरका जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख लगायतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा