२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सवारी दुर्घटनामा माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्ज बन्जाडेको निधन

२०७८, ८ मंसिर बुधबार ०२:०१

मङ्सिर ८, बुटवल | नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बञ्जाडे ‘टंकमणि' को सवारी दुर्घटनामा निधन भएको छ । माओवादी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बञ्जाडे बुटवलको जितगढीमा मंगलबार साँझ दुर्घटनामा परेका थिए ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते उनको बुधबार बिहान ५ बजे बुटवलको मर्सिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पार्टी कामकै शिलशिलामा उनी दाङबाट बुटवल फर्किदै थिए । बञ्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रुबाहक बसले बुटवलको जितगढीमा ठक्कर दिएको थियो । जितबहादुर रानामगरले चलाएको मोटरसाइकलमा उनी पछाडि सवार थिए । दुर्घटनामा परी रानामगरसमेत घाइते भएका छन् ।

बुटवलको जितगढीका स्थायी बासिन्दा रहेका ५६ वर्षीय बञ्जाडेका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

बञ्जाडेको निधनप्रति नेकपा माओवादी केन्द्र रुपन्देहीले गहिरो दु:ख  प्रकट गरेको छ । उनको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको माओवादी केन्द्र रुपन्देहीले जनाएको छ । बन्जाडेको निधनप्रति सो पार्टीका विभिन्न जगवर्गीय संगठन एवं विभिन्न दलका नेताले दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने