२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुस्तामा एक पुरुष बेपत्ता: परिवारजनबाट खोजी कार्य गरिदिन आग्रह

२०७८, ७ पुष बुधबार ०२:५१

श्याम थापा | पुस ७, सुस्ता | पश्चिम नवलपरासीको सुस्ताबाट एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवा स्थित बेलवानी गाउँका करिब ४५ बर्षका, गहुँ गोरो, ५ फिट ६ इन्च अग्लो र शरीर पातलो भएको जयप्रकाश भेडिहार नामको पुरुष गाउँबाटै बेपत्ता भएका हुन् ।

बेपत्ता भेडिहार गाउँको भोज खान जान्छु भनेर घरबाट दिउँसो २ बजे देखि निस्केको र साझ पर्दासम्म घर नआउँदा उनको श्रीमती प्रमिला पालले गाउँभरी खोज्दा पनि फेला नपरे पछि आफ्नो आफन्तीमा खबर गरेकि थिइन् तर आफन्तीको घरमा पनि नगएको भन्ने खबर पाएपछि प्रमिलाले आफ्नो श्रीमानको खोजि कार्यको लागि अनुरोध गरेकी छन् ।

बेपत्ता भेडिहार मानसिक रोगबाट पीडित रहेको र उनको उपचार पनि भइरहेको परिवारले जनाएको छ ।

भेडिहार यही मंसिर २७ गते देखि बेलवानी गाउँबाट हराएको र उनलाई खोजी कार्य गरिदिन भनेर उनको धर्मपत्नी प्रमिला पालले प्रहरी चौकी रामनगरलाई पहिचान सहितको फोटो समेत गरि निवेदन दिएको पालले बताइन् भने प्रहरीको खोजी कार्य जारी रहेको रामनगर प्रहरी चौकी सुस्ता ५ पक्लिहवाका इन्चार्ज बृजेश निशादले बताएका छन् ।

करिब १० दिन बितिसक्दा पनि आफ्नो श्रीमानको अत्तोपत्तो नलागेपछि मनमा एक किसिमको शंका उत्पन्न भइरहेको र आफ्नो श्रीमानको खोजी कार्यमा सहयोग गरिदिनको लागि प्रमिलाले आग्रह गरेकी छिन् । कहिँ कतै बेपत्ता जयप्रकाश भेडिहार देख्ने र फेला पार्नु हुने ब्यक्तिले परिवारको सम्पर्क नम्बर ९८६८१५८८३१,९८५७०८०९५६ र प्रहरी चौकी रामनगरको सम्पर्क नम्बर ९८५७०१३७९३ मा सम्पर्क गरि खबर गरिदिन परिवारजनले आग्रह गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु