२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

मुद्दा फैसलामा ढिलाइ हुँदा काठ सड्दै

२०७८, ७ पुष बुधबार ०३:०६

पुस ७, महोत्तरी | न्यायिक निकायले समयमै मुद्दाको फैसला नगर्दा बहुमूल्य काठ सड्न थालेको छ । जिल्लाका विभिन्न वनमा चोरी कटानका क्रममा वनका कर्मचारीले बरामद गरेको काठ दैनिक सड्न थालेको छ । 

मुद्दा समयमै फैसला नहुँदा लिलामी प्रक्रियामा लैजान नसकिएको जिल्ला वन कार्यालयका कार्यालयका रेञ्जर सन्तोषकुमार यादवले जानकारी दिनुभयो । चोेरी कटान भएका काठ बरामद गरिएपछि त्यसको प्रारम्भिक न्यायिक सुनवाइ जिल्लास्थित डिभिजन वन कार्यालय र जिल्ला अदालतमा हुने व्यवस्था छ । बरामद गरिएका दुई लाख बिगोभित्रका काठ चोरी मुद्दाको सुनुवाइ डिभिजन वन कार्यालयकै इजलास तथा त्यसभन्दा बढीको सुनवाइ जिल्ला अदालतले गर्ने कानुनी व्यवस्था छ ।

बरामद गरिएको चार हजार क्यूफिट काठ डिभिजन वन कार्यालयमातहतको सशस्त्र वन सुरक्षा शाखा, माईस्थानको कार्यालय परिसरमा थन्किएको छ । चार वर्षयता बरामद गरिएको काठ सड्ने र धोद्रिने क्रममा छ । डिभिजन वन कार्यालयमा २०४८ सालयता १९८ वन मुद्दा (काठ चोरी निकासी) परेका डिभिजन प्रमुख विनोदकुमार सिंहले बताउनुभयो । यी मुद्दा रु दुई लाख बिगोभित्रका हुन् । यसबाहेक २०० भन्दा बढी मुद्दा अदालतमा विचाराधीन अवस्थामा छन् । 

यस्तै पूर्वपश्चिम रेलमार्ग र विद्युत् प्रसारण लाइन निर्माणका लागि कटान गरिएको काठ पनि जिल्लाका विभिन्न ठाउँमा राखिएको छ । कटान भएको काठको लिलामीका लागि वन मन्त्रालयसम्मको स्वीकृति लिनुपर्ने प्रावधान छ । यस क्रममा कुकाठ भने बिक्री गरिएको सिंहले बताउनुभयो । हाल सड्न थालेको काठ करोडौँ रुपैयाँको रहेको वन कार्यालयले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने