२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सा प्रशासनमा विद्युतीय राहदानीको आवेदन सुरु

९ पुष २०७८, शुक्रबार ०४:१४

पुस ९, पर्सा | जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन लिन सुरु गरेको छ । सेवाग्राहीले अनलाइनमार्फत भरिएको फारम लिएर जिल्ला प्रशासन कार्यालयमा स्वयं उपस्थित भई आवेदन दिनसक्ने गरी विद्युतीय राहदानीका लागि सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिइसकेका सेवाग्राहीले मात्रै विद्युतीय राहदानीका लागि आवेदन दिन सक्नेछन् । सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा पुगेर आवेदन दिएपश्चात उक्त आधारमा तयार हुने विद्युतीय राहदानी निवेदन दिएको प्रशासन कार्यालयमार्फत केही सातापछि सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् ।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार सेवाग्राहीले विद्युतीय राहदानी लिनका लागि सबै प्रक्रिया पूरा गरी आवेदन दिएमा नियमानुसार विद्युतीय राहदानी पाउने छन् । यसअगावैको जारी गरिँदै आएको मेसिन रिडेवल पासवर्ड (एमआरपी)भन्दा विद्युतीय राहदानी प्रभावकारी मानिन्छ । 

सेवाग्राहीले विद्युतीय राहदानीको आवेदनका लागि अनलाइन https://emrtds.nepalpassport.gov.np मार्फत फारम भरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गरेपश्चात केही सातापछि जिल्ला प्रशासन कार्यालयमार्फत विद्युतीय राहदानी पाउन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो काठमाडौँ उपत्यकामा हल्का वर्षा दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताए आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने : प्रदीप पौडेल आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु डोनाल्ड ट्रम्पले इरानले आणविक हतियारको विचार त्याग्नुपर्ने बताए ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्या उनकै दाइले गरेको खुलेको, यसरी परे पक्राउ सुनसरीको देवानगञ्जमा गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा दुई जना पक्राउ प्रचण्डले देवचुलीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गरे नारायणघाट–बुटवल सडकखण्ड वैशाख १५ सम्म रातको समयमा ६ घण्टा बन्द हुने बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, विवाह स्थगित