२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट कोरोना भाइरस सङ्क्रमणमुक्त

२०७८, १४ पुष बुधबार १३:३८

पुस १४, नुवाकोट | नुवाकोट जिल्ला आजदेखि कोरोना सङ्क्रमणमुक्त भएको छ । यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका विदुर नगरपालिका घर भएका दुई जना व्यक्ति सङ्क्रमणमुक्त भएसँगै नुवाकोट जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभयो । 

उहाँको अनुसार जिल्लामा यसअघि सङ्क्रमित भएका सबैजना निको भएको र नयाँ सङ्क्रमित थप नभएसँगै कोरोनामुक्त भएको हो । विश्व महामारीका रूपमा फैलिएको कोरोना रोग नुवाकोटमा सबैभन्दा पहिला विसं २०७७ जेठ ११ गते भित्रिएको थियो । कोरोनाको पहिलो लहर विसं २०७७ फागुन २३ गते सङ्क्रमणमुक्त भएको थियो । पुनःदोस्रो लहरको सङ्क्रमण आएसँगै विसं २०७७ चैत २४ गते जिल्लामा कोरोनाको नयाँ सङ्क्रमण देखा परेको थियो । त्यसपछि निरन्तर बढ्दै गएको रोगको सङ्क्रमणले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २०० भन्दा बढीसमेत पुगेको थियो ।

कोरोनाका कारण पहिलो लहरमा एक जना निधन भएकामा दोस्रो लहरमा थप ५१ जनाको निधन भएसँगै जिल्लामा हालसम्म निधन हुनेको सङ्ख्या ५२ जना पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख (वरिष्ठ जनस्वास्थ्य प्रशासक) महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार कोरोनाको पहिलो लहरमा एक हजार १४५ जना सङ्क्रमित पहिचान भएकामा दोस्रो लहरमा सात हजार २४५ जना थपिएका थिए । “अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमित हुने सङ्ख्या कूल आठ हजार ३९० पुगेपछि सङ्क्रमणमुक्त बनेको छ ।” वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले भन्नुभयो, “जिल्ला सङ्क्रमणमुक्त भए पनि नेपालमा रोगको सङ्क्रमण कायमै रहेको र विश्वमा नयाँ भेरियन्ट ओमिक्रोन फैलँदै गएकाले रोगको जोखिम कायम रहेकाले सावधान अपनाउन आग्रह गरिएको छ ।

सङ्क्रमणबाट बच्न जल्लावासीलाई अन्य जिल्लासँग आउजाउ गर्दा सावधानि अपनाउन, बाहिर जिल्लाबाट आउने व्यक्तिको स्वास्थ्यप्रति निगरानी गर्न, कोरोना रोगबाट बच्न निःशुल्क उपलब्ध गराइएको रोगविरुद्धको खोपको सेवा लिन भनिएको छ ।

कोरोनालगायत अन्य सरुवा रोगबाटसमेत बच्नका लागि स्वास्थ्य सुरक्षाको मापदण्डको पालनाअन्तर्गत घरबाट बाहिर सार्वजनिकस्थलमा आजजाउ गर्दा अनिवार्यरुपमा मास्क लगाउन, भौतिक दूरी कायम राख्न, साबुनपानीले राम्रोसँग हातधुन तथा स्यानिटाइजरको प्रयोग गर्नका लागि स्वास्थ्य कार्यालयले स्मरण गराएको छ । अहिले कोरोना रोगको सङ्क्रमण नभएको समयमा यसबाट बच्नका लागि सावधानी अपनाउनुपर्ने भएकाले स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्न र रोगसँग मिल्दोजुल्दो लक्षण देखिएमा सर्तकता अपनाउँदै स्वास्थ्य परीक्षण गराउन एवं घरकै एकान्तबासमा बस्न कार्यालयले भनेको छ ।

नुवाकोटका कोरोना रोग रोक्नको लागी त्रिशूली अस्पतालमा परीक्षणका लागि पीसीआर प्रयोगशाला, अक्सिजन उद्योग, भेन्टिलेटर, आइसियु र एचडियुसहित आइशोसन वार्ड सञ्चालनमा ल्याइएको छ । त्रिशूली अस्पताल, खरानीटार अस्पताल र स्थानीय तहले सङ्क्रमितको उपचारका लागि करिब ५०० आइसोलेशन श्यया सञ्चालनमा ल्याएको थिए । यो अहिले पनि कायम नै राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु