भदौ ७, पर्वत | कुश्माको बान्द्रेबेणीमा तिजको अबसर पारी तिजे मेला हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, पर्वत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, पर्वत | कुश्माको बान्द्रेबेणीमा तिजको अबसर पारी तिजे मेला हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, पर्वत "/>
२८ पुष २०८२, सोमबार
पर्बत - PBT

बान्द्रेबेणीमा तिजे मेला हुने

७ भाद्र २०७३, मंगलवार ०७:१०

भदौ ७, पर्वत | कुश्माको बान्द्रेबेणीमा तिजको अबसर पारी तिजे मेला हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, पर्वत र जनकल्याण सामाजिक महिला समुहको आयोजनामा भाद्र १८ गतेदेखि २१ गतेसम्म तिजे मेला हुने सोमबार पत्रकार संम्मेलन गरी आयोजकले जानकारी दिएको हो ।

उक्त मेलामा तिज गित प्रतियोगिता तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ८ हजार, द्धितियले ५ हजार, तृतीयले ३ र सान्तोनाले १ हजार नगद पुृरुस्कार प्राप्त गर्नेछन् । १८ गतेदेखि हुने कार्यक्रममा राष्ट्रिय कलाकारहरु चन्द्र शर्मा, बद्री पंगेनी, विमलराज क्षेत्री, विष्णु खत्री, शिव हमाल, कृष्ण समिप सुवेदी, बशन्त थापा, प्र्रलाहद सुवेदी, याम क्षेत्री, तारानाथ आचार्य, बुद्धिराम शर्मा, रितु थापा, रेणु केसी, चित्र सागर श्रेष्ठ, कृष्ण अखेली, पूर्ण परियार, सिता परियार, लक्ष्मी कार्की लगाएतका कलाकारहरुको प्रस्तुती समेत रहेन आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष दिपक गदालले जिल्लामा रहेको सम्पूर्ण कलाकाहरुलाई सम्मान गर्ने योजना रहेको बताए । उनले जिल्लामा रहेका कलाकारहरुलाई पहिलो पटक सम्मान कार्यक्रमको आयोजना गरीएको समेत उनले बताए । सम्पूर्ण कलाकारीता क्षेत्रमा लागेका कलाकारलाई सम्मान गर्ने भनिएता पनि कुन क्षेत्र वा विषयका कलाकारहरुको सम्मान गर्न लागिएको त्यो भने खुल्न सकेको छैन । जनकल्याण महिला समुहकी अध्यक्ष मानकुमारी गिरीले तिजे मेलामा २ दिन बाहेक टिकट नलाग्ने बताएकी छिन उनले उक्त कार्यक्रम सम्पन्न गर्नको लागि आवश्यक पर्ने खर्च स्थानिय सरकारी तथा गैरसरकारी निकायसँग सहयोग माग्ने बताएकी छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल पर्वत शाखाका अध्यक्ष दिपक गदालको अध्यक्षता तथा सचिब सुवास पौडेलले सञ्चालन गरेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गा प्रसाद शर्मा, पुर्व अध्यक्ष ओम घायल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल पर्वत शाखाका पुर्व अध्यक्ष आर.सी. पौडेल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…