भदौ ७, पर्वत | कुश्माको बान्द्रेबेणीमा तिजको अबसर पारी तिजे मेला हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, पर्वत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, पर्वत | कुश्माको बान्द्रेबेणीमा तिजको अबसर पारी तिजे मेला हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, पर्वत "/>
२०८२, १ चैत्र आईतवार
पर्बत - PBT

बान्द्रेबेणीमा तिजे मेला हुने

२०७३, ७ भाद्र मंगलवार ०७:१०

भदौ ७, पर्वत | कुश्माको बान्द्रेबेणीमा तिजको अबसर पारी तिजे मेला हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, पर्वत र जनकल्याण सामाजिक महिला समुहको आयोजनामा भाद्र १८ गतेदेखि २१ गतेसम्म तिजे मेला हुने सोमबार पत्रकार संम्मेलन गरी आयोजकले जानकारी दिएको हो ।

उक्त मेलामा तिज गित प्रतियोगिता तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ८ हजार, द्धितियले ५ हजार, तृतीयले ३ र सान्तोनाले १ हजार नगद पुृरुस्कार प्राप्त गर्नेछन् । १८ गतेदेखि हुने कार्यक्रममा राष्ट्रिय कलाकारहरु चन्द्र शर्मा, बद्री पंगेनी, विमलराज क्षेत्री, विष्णु खत्री, शिव हमाल, कृष्ण समिप सुवेदी, बशन्त थापा, प्र्रलाहद सुवेदी, याम क्षेत्री, तारानाथ आचार्य, बुद्धिराम शर्मा, रितु थापा, रेणु केसी, चित्र सागर श्रेष्ठ, कृष्ण अखेली, पूर्ण परियार, सिता परियार, लक्ष्मी कार्की लगाएतका कलाकारहरुको प्रस्तुती समेत रहेन आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष दिपक गदालले जिल्लामा रहेको सम्पूर्ण कलाकाहरुलाई सम्मान गर्ने योजना रहेको बताए । उनले जिल्लामा रहेका कलाकारहरुलाई पहिलो पटक सम्मान कार्यक्रमको आयोजना गरीएको समेत उनले बताए । सम्पूर्ण कलाकारीता क्षेत्रमा लागेका कलाकारलाई सम्मान गर्ने भनिएता पनि कुन क्षेत्र वा विषयका कलाकारहरुको सम्मान गर्न लागिएको त्यो भने खुल्न सकेको छैन । जनकल्याण महिला समुहकी अध्यक्ष मानकुमारी गिरीले तिजे मेलामा २ दिन बाहेक टिकट नलाग्ने बताएकी छिन उनले उक्त कार्यक्रम सम्पन्न गर्नको लागि आवश्यक पर्ने खर्च स्थानिय सरकारी तथा गैरसरकारी निकायसँग सहयोग माग्ने बताएकी छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल पर्वत शाखाका अध्यक्ष दिपक गदालको अध्यक्षता तथा सचिब सुवास पौडेलले सञ्चालन गरेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गा प्रसाद शर्मा, पुर्व अध्यक्ष ओम घायल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल पर्वत शाखाका पुर्व अध्यक्ष आर.सी. पौडेल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार