१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

शीतलहर र हुस्सुले जनजीवनमा असर

२० पुष २०७८, मंगलवार ०६:४५

पुस २०, काठमाडौँ | बाँकेमा तीन दिनदेखि जारी शीतलहर र हुस्सुले यहाँको जनजीवनमा असर परेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेकाले  नेपालगञ्जको तापक्रम घट्दै गएको छ । चिसोले गर्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या हुनाका साथै बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन् । 

नेपालगञ्जमा आज न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालयका इन्चार्ज पलबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार शीतलहर र हुस्सुका कारण अहिले भिजिबिलिटी ५० मिटर मात्र रहेको छ । भिजिबिलिटी कम भएका कारण नेपालगञ्ज विमानस्थलबाट कुनै पनि उडान हुन सकेका छैनन् ।चिसो बढेसँगै स्थानीय प्रशासनले ठाउँठाउँमा आगो बालेर ताप लिनका लागि  तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले तत्काललाई पाँच हजार किलो दाउरा दिन वन कार्यालयमा पत्र पठाइसकेको जानकारी दिनुभयो । 

चिसोबाट सर्वसाधारणलाई जोगाउन बाँकेको जानकी गाउँपालिकाले ६ वटै वडामा रहेका गरिब, विपन्न, वृद्ध, अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कम्बल वितरण गरेको छ ।जानकी गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा वडा नं १ देखि वडा नं ६ सम्मका नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । गाउँपालिकाले सबैलाई समेटिने गरी २७० जनालाई कम्बल उपलब्ध गराएको उहाँको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल