१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा पानीका मुहान बचाउन रिचार्ज पोखरी निर्माण

२० पुष २०७८, मंगलवार ११:२९

पुस २०, काठमाडौँ | रासस | झण्डै तीन वर्षअघि सन्धिखर्क नगरपालिका–९ अर्घामा रहेको काफलपानी पँधेरो सुक्यो । स्थानीय ५० घर परिवारले पिउने पानी प्रयोग गर्ने पँधेरो हिउदमा सुकेपछि टाढाको अर्को पँधेरोबाट पानी खान स्थानीयवासी बाध्य भए । 

रोजगारी तथा अध्ययनको सिलसिलामा युवायुवती गाउँमा नबसेपछि घरमा रहेका वृद्धवृद्धालाई निकै सास्ती भयो । तर गतवर्ष ठूलो खडेरी लाग्दासमेत पानी नसुकेपछि स्थानीयवासी खुसी भएका छन् । स्थानीय युवा समाजसेवी तथा व्यवसायी कृष्णप्रसाद भुसाल र हरिप्रसाद भुसालको नेतृत्वमा सुरु भएको दश घर एक पोखरी अभियानले दुई वर्षअघि काफलपानी पँधेरो भन्दामाथि नेटाका पोखरामा पोखरी खनेपछि काफलपानी पँधेराको पानी नसुकको हो । 

पानी पँधेरोमा खडेरीमा पनि नसुकेपछि आफु खुसी भएको स्थानीय जीवबहादर दमाइँले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई तीनवर्ष अघि सामान्य खडेरीमा पनि सुक्न थालेको पँधेरो यो पोखरी खनिएपछि गत वर्ष ठूलो खडेरीमा पनि सुकेन ।” 

दुई वर्षअघि सुरु भएको दश घर एक पोखरी अभियानले अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा साना ठूला गरी ४० भन्दा बढी पोखरी निर्माण गरेको थियो । आफूहरुले खनेका पोखरीका कारण धेरै ठाउँमा हिउँदमा पनि पानी नसुकेको रिचार्ज पोखरी निर्माण अभियानका अभियान्ता कृष्णप्रसाद भुसालको भनाइ छ । उहाँले त्यतिबेला विभिन्न व्यक्तिको करिब एक लाख सहयोगमा विभिन्न ठाउँमा पोखरी निर्माण गरिएको बताउनुभयो । 

बढ्दो जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै जान थालेको र त्यही सुक्न थालेको पानीको मुहान संरक्षण गर्न  आफूहरुले अभियान सुरु गरेको भुसालले बताउनुभयो । दुई वर्षअघि खनेका पोखरीले खडेरीमासमेत मूल मर्न नदिएको देखेपछि हौसिएका अभियन्ताले गएको तिहारमा लायन्स क्लब अफ अर्घाखाँचीसँग समन्वय गरी देउसी भैलोबाट उठेको पैसाबाट पनि रिचार्ज पोखरी खनिरहेका छन् । दश घर एक पोखरी अभियानले जिल्लाका विभिन्न स्थानमा पोखरी निर्माण गरिरहेको छ । पाँचवटा पोखरी खनिसकेको र अझै पाँच वटा पोखरी खन्ने कार्य जारिरहेको अभियान्ता भुसालको भनाइ छ । 

विकासको क्रममा बाटो, खेल मैदान, अनि संरचना निर्माण हुँदा धेरै ठाउँमा पोखरी पुरिएकै कारण अर्घाखाँचीमा पानीको समस्या झन बढेको निष्कर्षसहित दश घर एक पोखरी अभियानको सुरुवात भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल