१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लाका लामा समुदायले मनाए सामूहिक ल्होसार

२२ पुष २०७८, बिहीबार ०७:०७

पुस २२, काठमाडौँ | हुम्लाका लामा समुदायले ल्होसार पर्व बिबिध कार्यक्रम आयोजना गरी मनाएका छन्  । सोमबारबाट सुरु भएको तोतङ्री ल्होसार उनीहरुले सामूहिकरूपमा मनाएका हुन् । लामा समुदायको नयाँ वर्ष अर्थात् तोतङ्री ल्होसार २१४९ ताक ल्हो बाघ वर्ष सुरु भएको छ । जिल्लाको सिमकोट गाउँपालिका–३ र ४ मा बसोबास गर्दै आएका लामा समुदायले एकापासमा रमाइलो गरेर ल्होसार पर्व सम्पन्न गरेका हुन् । सदरमुकाम सिमकोटमा बसोबास गरिरहेकाले ती समुदायले सामूहिकरूपमा ल्होसार मनाएको लामा सांस्कृति मञ्चका सचिव छवाङ लामाले जानकारी दिनुभयो ।

उहाँले बुधबार बिहान पूजापाठपछि लिङ्गो ठड्याएर पर्व सम्पन्न भएको  बताउनुभयो । बौद्ध धर्मअनुसार यस अवसरमा पूजापाठ गर्दा सिङ्गो वर्षभरि नै सबैलाई राम्रो हुने उनीहरुको धार्मिक मान्यता छ । बालकदेखि वृद्धासम्म नयाँ पोशाकका साथ ल्होसार मनाउन उपस्थित भएका थिए । मुख्य ल्होसार सोमबार भए पनि हुम्लावासीले भने तीन दिनसम्म मनाउने गर्दछन् ।

जिल्लाको माथिल्लो भेगमा बौद्ध धर्म मान्ने लामा समुदायको बसोबास छ । सिमकोट गाउँपालिकाको वडा नं ३ र ४ तथा नाम्खा गाउँपालिका–१ देखि ६ सम्म ती समुदायको बसोबास छ ।

पर्वका अवसरमा उनीहरुका बीचमा एकापसमा मिलीजुली मीठो–मसिनो परिकार सामूहिकरूपमा बाँडेर खाने चलन छ । अन्तिम दिन बुधबार उनीहरुले पुरानो पहिरन पुरुषले बोक्खु लगाउँछन् भने महिलाले ठाइकोर, मुगा, मत्तिउको मालाका साथै पुरानो कपडामा सजिएर रमाउने गरेका छन् । उनीहरुले ल्होसारलाई विषेश महत्वका साथ मनाउने गर्दछन् ।

ती समुदायले हरेक वर्षको पुस शुक्ल प्रतिपदाको दिन ल्होसार पर्व मनाउने गर्दछन् । तोतङ्री ल्होसार नै अन्य ल्होसारको उद्गम मानिन्छ । तोतङ्री ल्होसारको आफ्नै दर्शन र महत्व छ । गत वर्ष कोरोना सङ्क्रमणका कारण उनीहरुले ल्होसार पर्वलाई एकापासमा जम्मा भएर मनाउन नपाए पनि यस वर्ष सबै जम्मा भएर मनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’