नरी बडु | भदौ ७, बैतडी | सुदूरपश्चिमको मुख्य चाड ‘गौरा पर्व’ ले सुदूरपश्चिम गौरामय भएको छ । 

सुदूरपश्चिम र भारतको उत्तराखण्ड क्षेत्रका बासिन्दाले भाद्र शुल्क अष्टमीमा मनाउने गौरा पर्वको तिथि नजिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | भदौ ७, बैतडी | सुदूरपश्चिमको मुख्य चाड ‘गौरा पर्व’ ले सुदूरपश्चिम गौरामय भएको छ । 

सुदूरपश्चिम र भारतको उत्तराखण्ड क्षेत्रका बासिन्दाले भाद्र शुल्क अष्टमीमा मनाउने गौरा पर्वको तिथि नजिक"/>

५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गौरामय सुदूरपश्चिम

७ भाद्र २०७३, मंगलवार १३:११

नरी बडु | भदौ ७, बैतडी | सुदूरपश्चिमको मुख्य चाड ‘गौरा पर्व’ ले सुदूरपश्चिम गौरामय भएको छ । 

सुदूरपश्चिम र भारतको उत्तराखण्ड क्षेत्रका बासिन्दाले भाद्र शुल्क अष्टमीमा मनाउने गौरा पर्वको तिथि नजिकिनै लाग्दा नेपालको सुदूरपश्चिम र छिमेकि राष्ट्र भारतको उत्तराखण्डका गाँउहरु गौरामय भएका छन् । गौरा सुरु हुनु भन्दा पहिले नै डेउडाको तयारीका लागि स्थानीय डेउडीयाहरु साँझको समयमा डेउडा खेल्ने गर्दछन् ।

यो समय सुदूर पश्चिम तथा भारतको उत्तराखण्डका सबै गाँउमा डेउडाको रौनक पाईन्छ ।

बिबिध संस्कृतिले सजिएको नेपालको देशको पश्चिमी सिमान्त पाटो भाद्र महिनामा गौरा पर्बको रमाइलोमा रंगिएको हुन्छ । पर पश्चिमेहरु अचेल काठमाण्डौको खुल्ला मन्चमा समेत गौरा मनाउन थालेका छन । 

यसै गरि राजधानीबाट टाढा रहेका पश्चिमी पहाडका गाऊ गर्खामा सुनिने गौराका गीतहरुको रन्को क्रमसः देश भरि पुग्दैछ । सुदूरका शैल शिखरहरुलाइ नमन गर्दै सम्पुर्ण आफन्तहरुलाइ शुभकामना दिन भगवान शिवकी अर्धाङ्गीनी गौरी पार्वती यहि अवसरमा गाऊँँ घरमा आउने गर्छिन भन्ने जन बिश्वास छ ।

गौरा सुदूरपश्चिमाञ्चलको धार्मिक एवं साँस्कृतिक पर्व हो । यो पर्वको पहिलो दिन बिरुडा पंचमीमा गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ– आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडा नै अक्षता र प्रसादका रूपमा प्रयोग हुन्छ । 

बिरुडा भिजाएको तेस्रो दिन महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रति–मूर्ति बनाई गौराघरमा भित्र्याउछन् । बिबिध धार्मिक अनुष्ठानका साथ गौरालाई गौराघरमा भित्र्र्याइ सकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा हुन्छ । 

यस पछि विसर्जन नगरिएसम्म गौराघर नजिकको चौरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक–आस्था र आपसी– सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस पर्बमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख शान्ति प्राप्त हुने तथा ईष्ट–कुलदेवता प्रसन्न हुने जनविश्वास रहेको बैतडीको दुर्गास्थानका स्थानीय तथा पुर्व प्रमुख जिल्ला अधिकारी भानदेव बडु बताउछन् ।

यसपालीको गौरा भाद्र ९ गतेदेखि सुरु हुदैछ । भारतको उत्तराखण्डमा पनि गौराको रौनक बढेको भारतको पिथौरागढका स्थानीय राजेश पंगरीयाले बताए । गौरा पर्व सुदूरपश्चिमका सबै जिल्ला तथा मध्य पश्चिमका केहि जिल्लाहरुको मौलिक चाँड हो । 

साझासवाल अनलाईन संग स्थानीय संस्कृतिको बारेमा अध्ययन गरीरहेका पुर्व प्रमुख जिल्ला अधिकारीले यसरी गौराको बारेमा वर्णन गरे:


निख्रिदो झरिसंगै पन्चान्न (पाँच अन्न) को बिरुडा उमारेर गौराको सांस्कृतिक यात्रा शुरु हुन्छ । भाद्र शुक्ल अष्टमी भन्दा अघि नै अगस्त उदय भएकोमा बाहेक सामान्यतया भाद्र शुक्ल पक्षमा यो चाड पर्दछ । गौरा एकादसि (पुत्रदा एकादसि) बाट नै यो पर्बका अनुष्ठान शुरु हुने भए पनि बिरुडा पञ्चमीदेखी भने प्रत्येक घर आगनमा गौराको रमझम आइसकेको हुन्छ ।

दसैको जमरा जत्तिकै गौराको बिरुडालाइ पनि सौभाग्यसुचक मानिन्छ । कैलाशपतिकी अर्धांगिनि एबम् हिमालयकी पुत्री पार्बती यो गौरा पर्बको अबसरमा माइत आउछिन भन्ने बलियो जन बीश्वास छ । वास्तवमा हाम्रो देश सीता र पार्ब्तिको माइति देश पनि हो भन्ने विश्वास छ । प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुन ले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणहरू मारिदिए पछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेपछि सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्व–शक्तिमान सम्झी उनकै सम्झनामा यो पर्व मनाउन थालिएको भन्ने भनाइ समेत छ ।

यो पर्बका नालिबेलिबारे कैयौ कथा किम्बदन्ति छन । यस्ता किम्बदन्ति प्रकारान्तरले हाम्रो इतिहास र संस्कृतिको अंग बनिसकेका हुन्छन । यस्ता गणितहीन कुरालाई शुष्क तार्किकताबाट बुझ्न सकिदैन । फगत कथा मात्रै मान्दा यस भित्रको लोकतत्व मर्दछ र हामी बेरसिला बन्न सक्ने सम्भावना प्रवल हुन्छ ।

यस्ता पर्ब बिशेषका अनुष्टान भित्र स्थानगत र जातिगत भेद देखिए पनि यसमा निहित लोक कल्याणकारी भाबना एकनासकै हुन्छ । यो स्थानियता भित्र सार्बभौमिकता समेत लुकेको हुन्छ । मुलतः गौरा महिलाहरूले शिव (पार्वतीको सम्झनामा गर्ने व्रत एवं पर्व हो । समय गतिका साथसाथै गौरा उत्सवमा पनि परिवर्तन आएकोछ । तर गीत, नृत्य, अतीत– स्मृति तथा लोकमानस भित्रको अज्ञात, अलिखित, काव्यको सौन्दर्य यो उत्सब भरि छचल्किएको टडकारै देख्न सकिन्छ । गौरादेबीको लिला क्षेत्र निश्चित गाऊ गर्खाको सिमामा मात्र आबद्ध छैन ।

फाग (उत्सब–पर्बमा गाइने मंगल गीत) मा गौराले आफनो परिचय स्वयम यसरि दिन्छिन ।

(डोटेली भाषामा गाईने यो मन्त्र) 

(कालि मेघ बाबा मेरा धरति हुन माई,

चन्द्र सुर्ज मेरा छन पिठि पिठ्या भाई ।) 

(अर्थात कालो मेघ मेरा पिता हुन, धरति मेरि माता हुन । चन्द्र सुर्य मेरो पिठ्युका भाइबहिनी हुन ।)

गौराको मुर्ति डालोमा राखेर गौरालाई गाऊँमा ल्याउने दिन स्थानिय चेलिहरुद्वारा गाइने गीतको अर्को बोल यस प्रकार छ ।

काँ रे ऊब्जिन लोली गमरा देवि,

धर्ति लोक उब्जिन, मन्धालोक पुजिन । (आदि आदि ।

यस चाडमा बिबाहित महिलाहरु नया दुब्धागो (दुबो सहित सात ग्रन्थी रहने डोर) फेर्दछन । रातो पहेलो शुद्ध धागोबाट बनेको यो पबित्र डोरि बिबाहित महिलाको लागि पुरुषले लगाउने जनै जस्तै हो ।

यसै पर्बमा आदरणिय मान्यजनबाट बिरुडा सहित आशिर्बचन थापिन्छ । चेलिबेटी माइत आऊछन, केटाकेटी नया लुगा फेर्छन । ऋण सापटि मात– बन्धकि लिने दिने र नया काम शुरु गर्ने गरिन्छ । यस दिन जुन काम शुरू गरे पनि साइत हेर्नु पर्दैन भन्ने मान्यता छ । यो श्रीपञ्चमी जत्तिकै शुभ दिन हो । गौराकै अबसरमा सांस्कृतिक गायन र बाध्य बादनका अनन्त श्रृखलाहरु छन । यि गायनहरुमा पट्यारलाग्दो शास्त्रियता छैन । यिनमा अत्यन्त स्वाभाबिक र नैसर्गिक प्रबाह छ । नृत्य सम्बन्धमा सपष्ट बिधान नदेखिए पनि समुह गायनलाइ खेल खेल्ने भनिन्छ । बृताकार अर्धबृताकार घेरामा दुइ समुह बनाइ खेल खेलिन्छ ।

गायनका बिषयबस्तुमा अत्यन्तै ब्यापकता छ । दोहरी गित वा डेउडा (देव–दा) अर्थात देवतामा समर्पित या देव–राग अर्थात देवताको संगित) गीतमा मात्रै यो सिमित छैन । शास्त्रियतामा आधारित लोक गीत र गीति कथाहरु, धार्मिक र ऐतिहासिक गीत गाथाहरु, परिसम्बादात्मक दोहरि गीतहरु प्रमुख रुपले गाइन्छन । गिदारा (आशु लोक–कबी) हरुले दोहरि गीतको माध्यमबाट तत्काल जस्ताको तस्तै चित्रण गरी यस पर्बलाई अझ जिबन्त बनाई राखेका हुन्छन ।

गौरोत्सबको गायन र नृत्य बिधानमा खास बिशिष्टता छन् । एउटा कण्ठ वा कण्ठ समुहबाट अर्को कण्ठ वा कण्ठ समुहमा गायन बिस्तारको क्रम निरन्तर चलिरहदा पनि स्वर र आबेगको परस्पर सम्बन्ध बनी रहन्छ । संगितका समस्त बन्धनहरु स्वाभाबिक मनोबेग अनुकुल खोल्न र बाँध्न सकिने हुन्छन । लयपुर्ण पदयोजनाको निम्ति कुनै कुनै गायनमा भइरहने लालित्यपुर्ण शब्दको आबृति सार्है कर्ण्प्रिय लाग्दछ ।

नृत्य बिधान भने गितको भाव अनुसार अलग अलग हुने गर्दछ । मन्द मन्थर गतिमा खुट्टाको ताल मिलाउदै पुनः पुनः पहिलो गतिमा फर्कनुलाइ ठाडो खेल भनिन्छ । प्रायः अठार बर्णको प्रयोग हुने ठाडो खेल भन्दा त्वरित गतिको खेललाइ ढुस्को भनिन्छ । कटु बार्तालाप वा बिरतापुर्ण प्रसंगमा ‘इन्द्र बज्रा” छन्द संग साम्यता राख्ने एघार बर्णको गायन संगै धुमारी खेलिन्छ । सर्बा्धिक गतिपुर्ण नृत्यलाइ चाली भनिन्छ ।

पौराणिक आख्यानहरुले स्थानिय रुप लिएर यहाका धार्मिक लोक गाथा बनेकाछन । लोक कबिहरु दुरुह शास्त्रीयतामा सरल स्थानियता भर्दछन । ऊदाहरणार्थ सीता रानी अयोध्याको राजमहलमा मात्र बस्दिनन, यहाका हरिया खर फागलाहरुमा घास काटन पनि गएकि हुन्छिन । यथा,

सीता रानि घास काट्ली, हरिया फगला ।

स्थानिय बीर (पाईक) हरुका गाथा र लोक जिबनले बेहोरेका आपत बिपतका घटना समेत गायनका बिषय बस्तु हुन सक्दछन । स्थानिय डोटेलि फौजले हाल भारतको चम्पावतमा पर्ने किल्लामा आक्रमण गर्दाको बर्णन यसरी गरिएको छ ।

चम्पा रे वति दर रे वार बासली—घुगुत,…….कठै बासकिक घुगुत ।

चम्पा रे वति घेरी रे हाकिक फूलकि जुगुत…..कठै फूलकि जुगुत । ।

(चम्पावतीको दरबारमा अपसगुन बोल्ने चरा–घुगुत बास्न थाल्यो । चम्पावतीको दरबार फुल जस्तै घेरामा परेको छ ।)

बिरुडालाइ शिरमा राखि दिइने आशिर्बचन पनि सुनि हालौ ।

होइ रयेइ, पलुइ रयेइ, गुबा जसो फलेइ, दुबा जसो फैलि रयेइ ।

पन्युकि चन्नरमा जसो,सरकका तारा जसो होइ रयेइ।

हिमान्जल हिउ छन्जा ,गङ्ङाठाँट पानी छन्जा,

मट्टिखण्ण माटो छन्ज्या बाँची रयेइ ।

केलाकि थुमडि जसो रोकिइ रयेइ,

पोडाइनका झाल जसो झालताल भएइ ।

सर्ग जति उच्चो धर्ति जसो बिथरो भएइ ।

सात बैनी भगबती चारधाम केदार फलि बसौन ।

देबी देवता फलि बसौन, गौराको बिरुडा फलि रहोस……….आदि आदि ।

यसको नेपाली रुपान्तरण हो (हिमालको हिउ छन्जेल सम्म बाँचिरहनु, समुद्रको पानी छन्छेलसम्म दिर्घायु हुनु, दुबो जस्तै फैलिनु, केराको बोट जस्तै टेकिरहनु, धर्तिको माटो छन्जेलसम्म बाचिरहनु, चारधामले तिम्रो रक्षा गरुन, जिवनसंगेनी संगै बस्न पाउनु, दुई पुत  (सन्तान पाउनु, दुई गाई दुन पाउन) हो ।

गोरा बिसर्जनको तिथिमिती भने स्थानिय चलन अनुसार तोकिन्छ । बिसर्जनको बेलाका अनुष्ठान छोरि बिदाइ गरेझै भावुकताका साथ पुरा गरिन्छन् ।

यस प्रकार गौरा महापर्बका बिशेषताहरुको लामो बर्णन एकै खेपमा गरि नभ्याउने हुन्छ । लोकतन्त्र संगै लोकसंस्कृति, लोककला, लोककथा,लोकगाथा, लोकगित,लोकपाल,लोकोदय, लोकानुराग, र लोकाचार जस्ता शब्दहरु ब्यापक रुपमा प्रचलनमा आएकाछन । वास्तबमा गौरा लोक– पर्ब हो, लोक संस्कृति हो र लोकाचार पनि हो ।

बिरुडा (पाँच किसमका अन्न) भिजाएर पुजा आजा गरिने,गौरी– महेश्वर आगमनको दिन मानिने, महिलाहरुले दुबधागो लगाउने, लोक देवताहरुको पुजापाठ गरिने र महिलाहरुको बिशेष सहभागिता रहने यो पर्बका आफनै बिशेषता हुन । यसबाहेक लोक गीत, लोकगाथाको गायन (बाध्य बादन) नर्तन परम्परालाइ यसले जिबित राखेकोछ । गौरा पर्ब पुर्खाहरु प्रति सम्मान देखाउने सामाजिक सांस्कृतिक सम्मिलनको अबसर पनि हो । यसलाइ मनोरञ्जन र भेटघाटको बिशेष अबसर पनि मान्न सकिन्छ । 

बैभब र स्वांगको प्रदर्सन किमार्थमा पनि यो पर्बको ऊद्देश्य कहिले रहेन । कुलाचार र क्षेत्राचारमा केहि सामान्य अनुष्ठानहरु फरक पर्न गए पनि यो र यस्ता पर्बहरुको लोक–तत्व सामाजिक सद्भाव कायम राखनु नै हो । 

सुदूरपश्चिमको महाँन चाँड गौरा पर्वका केहि झलकहरु: 




तस्बिर विविध ब्लगपोष्ट र दिपकराज पन्तको फेसबुकबाट लिईएको हो | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप