२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आवास निर्माणको प्रस्ताव लिएर मन्त्री झाँक्री राउटे बस्तीमा

२०७८, २४ पुष शनिबार १२:३७

पुस २४, काठमाडौँ | संघीय सरकारले राउटे जातिका लागि आधारभूत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ। फिरन्ते जीवनशैली अपनाउने राउटे समुदाय स्थायी बसोबासमा तयार छैनन्।

आवास निर्माणसम्बन्धी योजना कार्यान्वयनमा ल्याउन शुक्रबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसहितको टोली राउटे बस्ती पुग्यो। राउटे अगुवासमक्ष मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने भवन बनाउन सरकार तयार रहेको बताउँदै भनिन्, ‘तपाईँहरुले चाहेकै जस्तो भवन हामी (सरकार) बनाइदिन्छौं, जहाँ बसाइँ सर्नुहुन्छ, त्यही भवन बनाउँछौं।’ मन्त्रीको उक्त प्रस्तावमा राउटे अगुवा सितीमिति सहमत भएनन्।

राउटेलाई फकाउन सुर्खेतको सिम्ता गाउँपालिका-४ कालीखोला पुगेको सरकारी टोलीले एउटा जुक्ति निकाल्यो, ‘मितेरी साइनो गाँस्ने’। अन्ततः मन्त्री झाँक्रीले सम्झना शाही र गाजलु शाहीसँग तथा भवन विभागका महानिर्देशक पदमकुमार मैनालीले प्रकाश शाहीसँग मित लगाएका छन्। टोपी, कपडा र सरसामान आपसमा साटासाट गरी मित लगाइएको घोषणा गरियो। मन्त्रीसहितले आफ्ना सदस्यसँग मितेरी साइनो गाँसेपछि समुदायमा केहीबेर खुशीयाली छायो।

करिब तीन घण्टा मितेरी साइनोसँगै भलाकुसारीपछि राउटे अगुवा फिरन्ते शैलीका संरचनामा बस्न तयार भए। तीनवटै समुदायका मुखिया, पूर्वमुखियासहितको छलफलमा मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने (ट्रस) प्रकृतिका भवन निर्माणको प्रस्ताव राखे भने राउटे अगुवाहरूले अस्थायी भवनमा बस्न तयार हुने वचन दिएका छन्।

राउटे अगुवाकै अनुरोधमा सहरी विकास मन्त्रालयले अस्थायी आवासको प्राविधिक डिजाइन तयार गर्नेछ। संघीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका प्रमुख अमरबहादुर थापाले चालु आर्थिक वर्षमा विनियोजित बजेटअनुसार भवन विभागले डिजाइनको खाका तयार गर्ने र राउटे अगुवासँग छलफलपछि अन्तिम रूप दिइने बताए।

‘हामीले एउटा फोल्डिङ गर्न सकिने ट्रस भवनको नमूना राउटे बस्तीमै लिएर देखाउँछौं,’ उनले भने, ‘त्यसपछि राउटेको सुझावअनुसार अन्तिम डिजाइन बन्छ, जहाँ राउटे सर्दैछन्, त्यहीँ अस्थायी भवन बनाइदिन्छौं, ताकि अर्को ठाउँ सर्दा फोल्डिङ गरेर लैजान सकून्।’

मन्त्री झाँक्रीले राउटे समुदायमा आवास, शिक्षा र स्वास्थ्योपचारको प्रस्ताव राखेको आयोजना प्रमुख थापाले बताए। छलफलमा शिक्षा र स्वास्थ्यका सवाललाई राउटे अगुवाहरुले खासै महत्व नदिएको उनको भनाइ छ। यसैबीच राउटे समुदायलाई मन्त्री झाँक्रीले व्यक्तिगत खर्चमा ७० थान ब्ल्यांकेट र एक थान त्रिपाल प्रदान गरे। मन्त्रीसमक्ष राउटेले तीन महिनाको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्दै माघी पर्वअगावै भत्ता पठाइदिन आग्रह गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित