२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

हत्या तथा डाँकासम्बन्धी मुद्दामा ‘बादशाह’ले पाए अदालतबाट सफाई

२०७८, २८ पुष बुधबार ०८:०५

पुस २८, काठमाडौँ | हत्या तथा ज्यान मार्ने उद्योग, डकैती लगायतका आरोपमा विपक्षी बनाएर मुद्दा दायर गरिएका नसिम खान (बादशाह) ले जिल्ला अदालत कपिलवस्तुबाट सफाई पाएका छन् । जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले नसिम खान र उनीसँग जोडिएका सबैलाई सफाइ दिएको हो । बादशाह कपिलवस्तु मायादेवी गाउँपालिका–४ का निवासी हुन् भने उनकी श्रीमती लुम्बिनी सभा सदस्य छिन् ।

जिल्ला अदालत कपिलवस्तुले ८ जनाको हत्या आरोपित बादशाहलाई अभियोग दावी नपुगेको भन्दै सफाइ दिएको हो । उनीमाथि आठ जनाको हत्या, एक ज्यान मार्ने उद्योग र डाँका मुद्दा चलाइएको थियो । मृतक शिवपुजन कुर्मीका छोरा होमप्रकाश चौधरीले राजनीतिक र आर्थिक चलखेलका कारण बादशाहलाई छाडिएको गुनासो गरे । उनले यसले आफूहरुलाई थप पीडा भएको बताए ।

माओवादी जनयुद्धका क्रममा तत्कालीन सरकारको समर्थनमा कपिलवस्तुमा चलाइएको माओवादीविरुद्धको प्रतिकार समितिका मुख्य नाइके नसिमले त्यसबेला माओवादी कार्यकर्ताको हत्या गरेको आरोप लागेको थियो । यस अघि नै उनलाई छुटाउने चलखेल भएको पीडित परिवारको अरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण