२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

हत्या तथा डाँकासम्बन्धी मुद्दामा ‘बादशाह’ले पाए अदालतबाट सफाई

२८ पुष २०७८, बुधबार ०८:०५

पुस २८, काठमाडौँ | हत्या तथा ज्यान मार्ने उद्योग, डकैती लगायतका आरोपमा विपक्षी बनाएर मुद्दा दायर गरिएका नसिम खान (बादशाह) ले जिल्ला अदालत कपिलवस्तुबाट सफाई पाएका छन् । जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले नसिम खान र उनीसँग जोडिएका सबैलाई सफाइ दिएको हो । बादशाह कपिलवस्तु मायादेवी गाउँपालिका–४ का निवासी हुन् भने उनकी श्रीमती लुम्बिनी सभा सदस्य छिन् ।

जिल्ला अदालत कपिलवस्तुले ८ जनाको हत्या आरोपित बादशाहलाई अभियोग दावी नपुगेको भन्दै सफाइ दिएको हो । उनीमाथि आठ जनाको हत्या, एक ज्यान मार्ने उद्योग र डाँका मुद्दा चलाइएको थियो । मृतक शिवपुजन कुर्मीका छोरा होमप्रकाश चौधरीले राजनीतिक र आर्थिक चलखेलका कारण बादशाहलाई छाडिएको गुनासो गरे । उनले यसले आफूहरुलाई थप पीडा भएको बताए ।

माओवादी जनयुद्धका क्रममा तत्कालीन सरकारको समर्थनमा कपिलवस्तुमा चलाइएको माओवादीविरुद्धको प्रतिकार समितिका मुख्य नाइके नसिमले त्यसबेला माओवादी कार्यकर्ताको हत्या गरेको आरोप लागेको थियो । यस अघि नै उनलाई छुटाउने चलखेल भएको पीडित परिवारको अरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव