भदौ ८, भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले दैनिक रक्तदान अभियान सुरु गरेको छ । ‘रगत नपाए भक्तपुर जानु’ भन्ने नारालाई चरितार्थ गर्दै शाखाले रगतको अभाव हुन नदिन यो अभियान सुरु गरेको हो । 

रेडक्रसले यही भदौ १ गतेदेखि दैनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले दैनिक रक्तदान अभियान सुरु गरेको छ । ‘रगत नपाए भक्तपुर जानु’ भन्ने नारालाई चरितार्थ गर्दै शाखाले रगतको अभाव हुन नदिन यो अभियान सुरु गरेको हो । 

रेडक्रसले यही भदौ १ गतेदेखि दैनि"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

‘रगत नपाए भक्तपुर जानु’

८ भाद्र २०७३, बुधबार ०८:२३

भदौ ८, भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले दैनिक रक्तदान अभियान सुरु गरेको छ । ‘रगत नपाए भक्तपुर जानु’ भन्ने नारालाई चरितार्थ गर्दै शाखाले रगतको अभाव हुन नदिन यो अभियान सुरु गरेको हो । 

रेडक्रसले यही भदौ १ गतेदेखि दैनिक रक्तदान अभियान सुरु गरेको जानकारी दिँदै शाखाका सभापति एवम् सोसाइटीका केन्द्रीय सदस्य मनोज थापाले भक्तपुरको कमलविनायक, सूर्यविनायक र पाँचतले मन्दिर परिसरमा दैनिक रक्तदान कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । 

सातामा ६ दिन नियमित रुपमा बिहान ७ बजेदेखि ११ बजेसम्म र शनिबार जिल्लाका विभिन्न ठाउँमा बिहान एकैपटक रक्तदान कार्यक्रम हुने बताउँदै उहाँले रक्तदानमा सहभागी भइदिन सबैमा आह्वान गर्नुभयो । 

शाखाबाट वार्षिक ३० हजार युनिट रगत खपत हुने गरेको बताउँदै सभापति थापाले रगतको आवश्यक परे सम्पर्क गर्न कार्यालयका फोन नम्बर ६६११६६१ र ६६१२२६६ मा निःशुल्क फोन सेवा उपलब्ध गराएको भन्नुभयो । 

रगतको कम्पोनेन्ट बनाउन ६ घन्टाभित्रको ताजा रगत चाहिने भएकाले कहिले काँही रक्तदाता तत्काल उपलब्ध नहुँदा रगतको अभाव हुने भए पनि त्यस्ता बिरामीका लागि शाखासंग पाँचसय भन्दा बढी कलिङ रक्तदाता भएकाले उनीहरुलाई बोलाएर रक्तदान गर्न लगाउने गरेको पनि उहाँले बताउनभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला