२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कांक्रेविहार संरक्षित क्षेत्रको साँध–सिमाना नाप जाँच गर्न आदेश

२९ पुष २०७८, बिहीबार ०६:०१

पुस २९, काठमाडौँ | सुर्खेत उच्च अदालतले कांक्रेविहार संरक्षित वन क्षेत्रको साँध–सिमाना नापजाँच गर्न आदेश दिएको छ । संरक्षित क्षेत्रको जग्गा मिचेर पर्खाल लगाइएको भन्दै दायर भएको रिट निवेदनमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीशद्वय राजेन्द्र सुवेदी र चन्द्रबहादुर सारुको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

डिभिजन वन कार्यालयले संरक्षित क्षेत्रको सिमाना मिचेर  पर्खाल लगाएकाले त्यसलाई रोक्न माग गर्दै अधिवक्ता शेरबहादुर खत्रीले रिट निवेदन दायर गर्नुभएमकामा उच्च अदालतले यसअघि नै उक्त कार्य रोक्न अन्तरिम आदेश दिइसकेको थियो । उच्च अदालतका प्रवक्ता सरोजनिधि वाग्लेले नापी कार्यालय, डिभिजन वन कार्यालय, वीरेन्द्रनगर नगरपालिकाको संयुक्त टोलीलाई एक महिनाभित्र कांक्रेविहार संरक्षित वन क्षेत्रको साँध सिमाना नापजाँच गर्न आदेश दिएको जानकारी दिनुभयो । अदालतको आदेशानुसार नापी कार्यालयले डिभिजन वन र नगरपालिकाका प्रतिनिधिको रोहबरमा नाप जाँच गर्नेछ ।

१७५ दशमलव ५० हेक्टर  जमिन रहेको विहारले पर्खाल लगाउँदा पाँचदेखि सात मिटर जग्गा बाहिर छाडेको थियो तर निजी जग्गासँगकोे साँध सिमाना नछुट्याई उल्टै संरक्षित क्षेत्रको सात मिटरसम्म जग्गामा  घेराबार गर्न थालिएपछि त्यसलाई रोक्न  र पुनः नापजाँच गर्न  रिटमा उल्लेख   थियो । प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालयले  विहार संरक्षित क्षेत्र घेराबारको योजना कार्यान्वयनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव