भदौ ८, ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरवारस्थित कृष्ण मन्दिरमा भोलि श्रीकृष्ण जन्माष्टमी मनाइँदै छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरवारस्थित कृष्ण मन्दिरमा भोलि श्रीकृष्ण जन्माष्टमी मनाइँदै छ । 
२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

पाटन दरवारस्थित कृष्ण मन्दिरमा भोलि श्रीकृष्ण जन्माष्टमी मनाइँदै

८ भाद्र २०७३, बुधबार १०:३९

भदौ ८, ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरवारस्थित कृष्ण मन्दिरमा भोलि श्रीकृष्ण जन्माष्टमी मनाइँदै छ । 

भाद्र कृष्णाष्टमीमा भगवान श्रीकृष्णको जन्म भएको सम्झेर प्रत्येक वर्ष उक्त तिथिमा यो पर्व मनाउने गरिएको मन्दिरका पूजारी प्रतापधर शर्मा बताउनुहुन्छ । 

उक्त दिन मन्दिरमा पूजाअर्चना गर्न आउनेको घुइँचो लाग्नुका साथै राष्ट्रप्रमुखबाट पनि पूजा गर्ने प्रचलनले मन्दिरको गरिमा बढाएको उहाँको धारणा छ । 

दैनिक पूजा हुने यस मन्दिरमा श्रीकृष्ण जन्माष्टमीमा स्थानीयवासी तथा राजधानीका विभिन्न स्थानबाट भक्तजनको उल्लेखनीय सहभागी हुने पूजारी शर्मा उल्लेख गर्नुुहुन्छ । 

मल्लकालीन राजा सिद्धीनरसिंह मल्लले १७ औं शताब्दीमा सो मन्दिर निर्माण गर्न लगाएको अभिलेखमा उल्लेख छ । 

राजा सिद्धीनरसिंहले मन्दिर रहेको स्थानमा श्रीकृष्ण भगवान बिराजमान भएको सपना देखेपछि मन्दिरको स्थापना गरिएको जनविश्वास छ । शिखर शैलीको सो मन्दिर ढुङ्गैढुङ्गाले निर्माण गरिएको छ । 

आकर्षक रुपमा सजिएको चारतले सो मन्दिरमा २१ वटा गजुर छन् । मन्दिरको पहिलो तलामा छ, दोस्रोमा छ, तेस्रोमा चार, चाँैथोमा चार र मन्दिरको टुप्पोमा एउटा गजुर राखिएको देख्न सकिन्छ । मन्दिरको बिम र थाममा विभिन्न देवीदेवताका मूर्ति कुँदिएका छन् । 

हरेक तलामा महाभारत र रामायणको कथामा आधारित चित्र अङ्कित छन् । चित्रसँगै त्यससँग सम्बन्धित अभिलेख समेत यहाँ पढन सकिन्छ । 

राजा सिद्धीनरसिंहले मन्दिर निर्माण गर्ने ढुङ्गेकर्मी तथा कालीगढलाई पाटनको भिमन्छेंमा राखेर काम गराएको अभिलेखमा उल्लेख छ । 

मन्दिरको उतरतर्फ विश्वनाथको मन्दिर, मन्दिरको पूर्वतर्फ पाटन दरबार तथा दक्षिणी भेगमा चार नारायणको मन्दिर छ । 

मन्दिरको पश्चिमतर्फ कलात्मकरुपले बनेका घरसमेत रहेकाले अवलोकनका लागि आन्तरिक एवम् बाह्य पर्यटकको उल्लेखनीय सहभागी रहँदै आएको छ । 

उक्त मन्दिरको प्रारङ्गणमा ज्येष्ठ पूर्णिमाका दिन आयोजना गरिने प्रदर्शनमा मल्ल राजाको ‘सिंहासान’ र राजा सिद्धीनरसिंह मल्लले लेखेको भनिएका ‘कृष्ण लीलासम्बन्धी गीतसहितको पौवा’ चित्र देखाउने गरिएको पाटन सङ्ग्रालयका अधिकृत सुरेशमान लाखें बताउनुहुन्छ । 

श्रीकृष्णलाई नारायण, गोपाल, गौरिश्वर, वंशीधारी, योगेश्वरलगायतका नामले पनि पुज्ने गरिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला